होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मेसीको दुई गोलमा पीएसजी विजयी
समाचार

मेसीको दुई गोलमा पीएसजी विजयी

  • नागरिक रैबार
मेसीको दुई गोलमा पीएसजी विजयी

पेरिस — लियोनल मेसीले गरेको दुई गोलको मद्दतले पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार फ्रान्सेली लिग वानमा क्लेरमोन्टलाई ५-० को गोलान्तरले हराएको छ । योसँगै पीएसजीले लिग उपाधि रक्षाको अभियानसमेत सुरु गरेको छ ।

पीएसजीका लागि नेयमारले गोलको खाता खोलेपछि अचराफ हकिमी र मारक्विन्होसले पहिलो हाफमा गोल थपे भने दोस्रो हाफको अन्त्यतिर मेसीले दुई गोल गरे । त्यसमध्ये एक गोल उत्कृष्ट ‘ओभर हेड किक’ को मद्दतले भएको थियो ।

यसैगरी जर्मनी मार्को रेउसले गरेको एक मात्र गोलको मद्दतले बोरुसिया डर्टमुन्डले शनिबार जर्मन बुंडेसलिगामा बायर लेभरकुजनलाई १–० ले हराएको छ । रेउसले नवौं मिनेटमा गोल नै खेलमा निर्णायक सावित भयो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार