होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गठबन्धनले मतदातामा अलमल, मत बदर हुने चिन्ता
समाचार

गठबन्धनले मतदातामा अलमल, मत बदर हुने चिन्ता

  • नागरिक रैबार
गठबन्धनले मतदातामा अलमल, मत बदर हुने चिन्ता

धनगढीः सुदूरपश्चिममा चुनावी माहोल गर्माएको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिएसँगै चुनावी माहोल गर्माएको हो। सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा एकै दिन हुने चुनावका लागि उम्मेदवारहरु पनि मत माग्न व्यस्त छन्।

मतदाताको घरदैलो गरिरहेका उम्मेदवारहरु आफ्ना चुनावी एजेण्डा सुनाएर मत मागिरहेका छन्। तर मतदाता शिक्षाको विषयमा भने कसैको ध्यान जान नसकेको छैन। आयोग र उम्मेदवार तथा राजनीतिक दलहरुले मतदाता शिक्षामा बेवास्ता गरेकाले मत बदर हुने नागरिक समाजको अगुवा प्रमोद पाठकले बताए। ‘देशमा गणतन्त्र आयो, तर लोकतन्त्र आएन,’ उनले भने, ‘उम्मेदवारहरु भोट माग्न मात्रै व्यस्त छन्, मतदाता शिक्षाको सवालमा मतलब छैन।’

राजनीतिक दलहरूबीचको गठबन्धनका कारणले समेत बदर मत बढनसक्ने आकलन गरिएको छ। एकातर्फ गठबन्धनका कारण मतदाताहरू अलमलमा पर्नसक्ने र अर्कोतर्फ मतदाता शिक्षा नहुँदा समस्या हुनसक्ने विभिन्न दलका कार्यकर्ताहरूले समेत बताउने गरेका छन्। राजनीतिक दलहरु भने यसमा गम्भीर देखिएका छैनन्। नागरिकले जाहेर गरेको मत पनि बदर हुने सम्भावना देखिएको नेपाली काँग्रेस कैलालीका सचिव नृप सुनारले बताए। ‘गठबन्धनका कारण पनि मतदाता अलमलमा परेर मत बदर हुन्छ। हामी मत बदर नहोस् भनेर लागेका छौं’ उनले भने।

विज्ञापन

सुदूरपश्चिम प्रदेशमा २०७४ सालमा १४ लाख ३५ हजार ६ सय ७४ मतदाता रहेकोमा अहिले मतदाताको संख्या १६ लाख ३२ हजार एक सय ५० पुगेको छ। प्रदेशमा एक लाख ९६ हजार ४ सय ७६ नयाँ मतदाता थपिएका छन्।

नयाँ थपिएका मतदातालाई पनि मतदाता शिक्षाको बारेमा धेरै जानकारी छैन। विगतका निर्वाचनलाई हेर्दा पनि मत बदर हुने संख्या धेरै हुन्छ। तर राजनीतिक दलहरु भने यो स्वीकार गर्न तयार छैनन्। नेकपा एमालेका सुदूरपश्चिम प्रदेश सचिव धर्मराज पाठकले भने आफुहरु मतदाता शिक्षाको बारेमा जानकारी दिइरहेको बताए। ‘हामीले घरदैलौ गर्नेबेला पनि मत हाल्न सिकाउँदै छौं। हाम्रो पार्टी यस विषयमा गम्भीर छ’ उनले भने।

विगतमा निर्वाचन आयोगले पनि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको थियो। तर वैशाख ३० को निर्वाचका लागि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छैन। आयोगले कार्यक्रम सञ्चालन नगरे पनि विभिन्न माध्यमबाट मतदाता शिक्षाबारे जानकारी दिइरहेको दाबी गरेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार