होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रधान सेनापति प्रभुराम शर्मा स्वदेश फिर्ता
समाचार

प्रधान सेनापति प्रभुराम शर्मा स्वदेश फिर्ता

  • नागरिक रैबार
प्रधान सेनापति प्रभुराम शर्मा स्वदेश फिर्ता

प्रधान सेनापति प्रभुराम शर्मा अस्ट्रेलियाको सिड्नीमा आयोजित एनुअल चिफ्स अफ डिफेन्स कन्फरेन्समा सहभागी भएर स्वदेश फर्किएका छन् । साउन ९ गतेदेखि ११ सम्म सो कार्यक्रम आयोजना भएको थियो ।

नौदिन अष्ट्रेलिया मै रहने गरी घर बिदा स्वीकृत भए अनुसार उनी बिदा पश्चात् फिर्ता भएका हुन् । शर्मालाई बलाधिकृत रथी बालकृष्ण कार्कीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । उक्त अवसरमा नेपाली सेनाका रथी तथा अधिकृतहरूको उपस्थिति रहेको थियो ।

उक्त कन्फरेन्समा प्रधान सेनापति शर्मा अन्तर्राष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, जलवायु परिवर्तन लगायतका समसामयिक विषयहरूमा भएका छलफल तथा अन्तरक्रियामा सहभागी भएका थिए । यस किसिमको छलफल तथा अन्तरक्रियाबाट सहभागी राष्ट्रहरूका सेना र नेपाली सेनाबीच आपसी सैनिक सम्बन्ध र सद्भावमा थप विस्तार हुन गई सैनिक कूटनीति मार्फत नेपालको परराष्ट्र नीतिलाई समेत सकारात्मक योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार