होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दिल्लीको जीबी रोडको व्यथाः छोराहरू सरकारी कर्मचारी, आमा यौनकर्मी !
समाचार

दिल्लीको जीबी रोडको व्यथाः छोराहरू सरकारी कर्मचारी, आमा यौनकर्मी !

  • नागरिक रैबार
दिल्लीको जीबी रोडको व्यथाः छोराहरू सरकारी कर्मचारी, आमा यौनकर्मी !

एजेन्सीः भारतको राजधानी नयाँदिल्लीस्थित जीबी रोड यौनकर्मीका लागि चर्चित ठाउँ हो। जहाँ विभिन्न उमेरका महिलाहरू शृंगारमा सजिएर देखावटी मुस्कानसहित ग्राहकको प्रतीक्षा गर्छन् तर उनीहरूको मनमा छुट्टै पीडा र व्यथा हुन्छ।

जीबी रोड दिल्ली एनसीआरको सबैभन्दा चर्चित रेडलाइट एरिया हो। अंग्रेजको जमानादेखि नै सञ्चालनमा रहेको जीबी रोडको नाम सन् १९६५ मा स्वामी श्रद्धानन्द मार्ग राखियो तर नाम राखेर के हुन्थ्यो ? जीबी रोड जस्ताको त्यस्तै छ। झरी होस् वा हावाहुरी, चिसो होस् वा गर्मी। जीबी रोडका महिलाहरू सदैव यौनकर्ममा व्यस्त रहन्छन्। कोही दिउँसो आउँछन् त कोही राति। सबै उमेर समूहका महिला यौनकर्मी भए पनि ग्राहकबाट पाइने मूल्य भने फरक–फरक हुने गरेको भारतीय सञ्चारमाध्यम आजतकले लेखेको छ।

भर्खरका युवतीले दैनिक २५–३० हजार रुपैयाँसम्म कमाउँछन् तर उमेर बढेसँगै यौनकर्मीको कमाइ पनि घट्दै जान्छ। जीबी रोडमा काम गर्ने ४० प्रतिशत महिला ४५ वर्षभन्दा बढीका छन्। यहाँ ५०–५५ वर्षका महिला पनि छन्। स्थानीय एनजीओले यौनकर्मी महिलाको स्वास्थ्य सुरक्षाका लागि कण्डम वितरण र उपचारको सेवा दिँदै आएका छन्। डा नगमा कमलले १२ वर्षदेखि जीबी रोडमा स्वास्थ्य सेवा दिइरहेको बताइन्। ‘यहाँका २–३ हजार महिलालाई स्वास्थ्य सुविधा र जनचेतना दिएकी छु,’ उनले भनिन्।

विज्ञापन

जीबी रोडमै स्वास्थ्य क्षेत्रमा कार्यरत डा सुरभीले सरकारी जागिरे आफन्त भएका महिला समेत यहाँ आउने गरेको बताइन्। ‘कतिपय महिलाले हामीलाई आफ्ना व्यथा बताउने गरेका छन्। एक महिलाका पति धेरै रक्सी खाने भएकाले उनले यहाँ आउनुपरेको थियो। यहीँबाट कमाइ गरेर ती महिलाले २ छोरा र १ छोरीलाई पालिन्, पढाइन्। अहिले एक छोरी सरकारी कर्मचारी र एक छोरा सैनिकमा कार्यरत छन्, तैपनि ती महिला यहाँ आउँछिन्,’ उनले भनिन्। ती महिलाकी छोरी स्नातक पढिरहेकी छन्। ‘मलाई कुनै नराम्रो लाग्दैन, किनकि आफ्ना बच्चाहरूका लागि केही त गरिरहेकी छु,’ ती महिलाको भनाइ उदृत गर्दै डा सुरभीले भनिन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार