होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नायिकाले सौगातको ‘२ नम्बरी’को लुक्स बाहिर ल्याएपछि निर्माता असन्तुष्ट !
समाचार

नायिकाले सौगातको ‘२ नम्बरी’को लुक्स बाहिर ल्याएपछि निर्माता असन्तुष्ट !

  • नागरिक रैबार
नायिकाले सौगातको ‘२ नम्बरी’को लुक्स बाहिर ल्याएपछि निर्माता असन्तुष्ट !

काठमाडौं । छायांकन भइरहेको फिल्म ‘२ नम्बरी’मा सौगात मल्लको पात्र लुक्स सार्वजनिक भएको छ । नायिका उगेन छोदेनले सामाजिक सञ्जालबाट सौगातको लुक्सलाई बाहिर ल्याएपछि निर्माण पक्ष असन्तुष्ट बनेको छ ।

उगेनले सौगातको चरित्र हुलियाका दुई तस्वीर सार्वजनिक गरेकी हुन् । सौगातको ग्याङस्टर लुक्सको हेयरस्टाइल तस्वीरमा देख्न सकिन्छ । फिल्मको दृश्य छायांकन सकिएपछि नायिका छोदेनले मुख्य पात्रको लुक्स बाहिर ल्याएकी हुन् ।

फिल्मको छायांकन अब दुई दिनमा सकिंदैछ भने आफ्नो दृश्यांश छायांकनपछि छोदेन भुटान फर्किइसकेकी छन् । अब गीतको छायांकन बाँकी रहेको प्रस्तुतकर्ता किरण नेपालीले  बताए ।

विज्ञापन

कास्कीको ल्वाङ गाउँमा फिल्म छायांकन भइरहेको छ । छायांकनपछि निर्माण युनिट राजधानी फर्किने तयारीमा छ । फिल्ममा सौगात र छोदेनसहित दयाहाङ राई र उपासनासिंह ठकुरीको मुख्य भूमिका छ । सौगातले पल शाहको ठाउँमा अभिनय गरेका हुन् ।

मित्रताको कथा पेश गर्ने फिल्म आगामी कात्तिक ४ गते रिलिजको तयारीमा छ । निर्देशक दीपेन्द्र लामा हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार