होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विश्व महिला बक्सिङ च्याम्पियनसिपका लागि नेपाली टोली टर्की जाँदै
समाचार

विश्व महिला बक्सिङ च्याम्पियनसिपका लागि नेपाली टोली टर्की जाँदै

  • नागरिक रैबार
विश्व महिला बक्सिङ च्याम्पियनसिपका लागि नेपाली टोली टर्की जाँदै

काठमाडौं । ८ देखि १९ मेसम्म टर्कीको इस्तानबुलमा हुने आईबा विश्व महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई शुक्रबार राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्यसचिव टंकलाल घिसिङले विदाई गरेका छन् ।८३ देशका १९३ खेलाडीले प्रतिस्पर्धा गर्ने विश्व च्याम्पियनसिपमा नेपालबाट ४ खेलाडी, दुई प्रशिक्षक र एक व्यवस्थापकको सहभागिता रहनेछ ।

नेपाली टोलीमा ४८ केजीमुनी तौलसमूहमा सुष्मा तामाङ, ५२ केजीमुनी तौलसमूहमा मिनु गुरुङ, ५७ केजीमुनी तौलसमूहमा चन्द्रकला थापा र ६० केजीमुनी तौलसमूहमा पुनम रावलले प्रतिस्पर्धा गर्नेछन् ।

यीमध्ये तामाङ आईबा युथ विश्व च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै विश्व वरीयतामा छैठौं स्थानमा छिन् । मिनु १३औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता हुन भने पुनमले अघिल्लो महिना थाइल्याण्ड ओपन इन्टरनेशसनमा कांस्य पदक जितेकी थिइन् ।

विज्ञापन

बक्सिङका प्रमुख प्रशिक्षक प्रकाश थापामगर र दीपक महर्जनले प्रशिक्षकको भूमिकामा रहनेछन् भने बक्सिङ संघका केन्द्रीय सदस्य योगाचार्य पुस्करराज पन्त व्यवस्थापक छन् ।

्यस प्रतियोगितामा स्वर्ण, रजत र कांस्य विजेता खेलाडीले क्रमसः १ लाख, ५० हजार र २५ हजार अमेरिकी डलर पुरस्कार पाउनेछन् । बक्सिङ संघले आसन्न १९औं एसियाली खेलकुदको तयारीका लागि पनि यो प्रतियोगिता महत्वपूर्ण हुने आशा राखेको छ ।

यही प्रतियोगिताको दौरानमा विश्व बक्सिङ महासंघ (आईबा)को नयाँ नेतृत्वका लागि निर्वाचनसमेत हुँदैछ । त्यसका लागि बक्सिङ संघका अध्यक्ष राम अवाले र केन्द्रीय सदस्य मान बहादुर भण्डारी पनि अर्को हप्ता इस्तानबुल जानेछन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार