होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गठबन्धन केही नेताहरूको स्वार्थको माध्यम बन्यो : डा. भट्टराई
समाचार

गठबन्धन केही नेताहरूको स्वार्थको माध्यम बन्यो : डा. भट्टराई

  • नागरिक रैबार
गठबन्धन केही नेताहरूको स्वार्थको माध्यम बन्यो : डा. भट्टराई

काठमाडौं। सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको भूमिकाप्रति असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जालमार्फत डा. भट्टराईले गठबन्धन केही नेताहरूको स्वार्थको माध्यम बन्दै गएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

उनले गठबन्धनमा यस्तो अवस्था देखिनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे। शीर्ष नेतृत्वको यस्तो भूमिकाले लोकतन्त्रलाई बलियो नबनाउने उनको भनाई छ। यदि लोकतन्त्र बलियो बनाउने हो भने केन्द्रीय हस्तक्षेप रोक्न पर्ने उनले बताए। स्थानीय तहका मुद्दामा स्थानीय नेता/कार्यकर्ता बढी जानकार हुने भएकोले उनीहरूको अधिकारमाथि हस्तक्षेप गर्न नहुने भट्टराईको भनाई छ।

उनले लेखेका छन्, ‘पाँच दलीय गठबन्धन केही नेताहरूको स्वार्थको माध्यम बन्दै गएको देखिनु दुर्भाग्यपूर्ण छ। सबैले बुझौं स्थानीय निर्वाचनका मुद्दा फरक हुन्छन् र स्थानीय नेता/कार्यकर्ता त्यसबारे बढी जानकार हुन्छन्। लोकतन्त्र बलियो पार्ने हो भने केन्द्रीय हस्तक्षेप रोकौं र गैरदलीय चुनाव गरौं। कुनै आकाश खस्दैन।’

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार