होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिममा निर्माण सामग्रीको मूल्य ३० प्रतिशतसम्म बढ्यो
समाचार

सुदूरपश्चिममा निर्माण सामग्रीको मूल्य ३० प्रतिशतसम्म बढ्यो

  • नागरिक रैबार
सुदूरपश्चिममा निर्माण सामग्रीको मूल्य ३० प्रतिशतसम्म बढ्यो

धनगढीः धनगढीमा २ महिनाअघि फलामे छडको मूल्य प्रतिकिलोग्राम ७० रुपैयाँ थियो। तर पछिल्लो समय उक्त मूल्य बढेर १२० रुपैयाँसम्म पुगेको छ। धनगढीसहित सुदूरपश्चिममा छडसँगै निर्माण सामग्रीको मूल्यमा ३० प्रतिशतसम्म वृद्धि भएको छ। हार्डवेयर व्यवसायी माया प्रकाश भट्टका अनुसार सिमेन्टबाहेक सबै निर्माण सामग्रीको मूल्यवृद्धि भएको छ। ‘सिमेन्टको ५/७ रुपैयाँ मात्र वृद्धि भएको छ। तर छड, ग्याबिन तार लगायतको मूल्यवृद्धि भएको छ’ उनले भने।

निर्माण सामग्रीको मूल्यवृद्धि भएपछि विकास निर्माणका काम प्रभावित भएका छन्। निर्माण सामग्रीको मूल्य बढेकाले विकास निर्माणको काम प्रभावित भएको निर्माण व्यवसायी दिनेश मल्लले बताए। उनले भने, ‘लम्की–टीकापुर खण्डसडक कालोपत्रेको तयारीमा छौं। नालीको काम बाँकी छ। तर छडको मूल्य एकैपटक धेरैले वृद्धि भएकाले समस्या भएको छ। कममा ठेक्का सम्झौता गरेका हुन्छौ, मूल्य बढेपछि हामी त मर्ने भयौं।’

निर्माण व्यवसायी महासंघ सुदूरपश्चिमका महासचिव दिनेश सिँहले पुराना ठेक्कामा काम गर्दै आएका निर्माण व्यवसायीलाई बढी समस्या भएको बताए। ‘निर्माण सामग्रीमा फलामको मूल्य सबैभन्दा बढी बढेको छ। फलामे छडको मूल्य बढेकाले पुराना ठेक्कामा काम गर्दै आएका साथीहरुलाई बढी समस्या भएको छ। काम गर्नसक्ने अवस्था छैन,’ उनले भने।

विज्ञापन

पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै फलामे छड, सिमेन्ट, ग्याबिन जाली, बिटबिन तथा कर्ताको मूल्य बढेको बताइएको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य ५ दशमलव ५ प्रतिशतले वृद्धि गरेको छ। बिहीवार रातिदेखि पेट्रोलको मूल्य एक सय ५०, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक सय ३३ रुपैयाँ पुगेको हो। एलपी ग्यास र हवाई इन्धनको मूल्य भने बढेको छैन।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार