होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘प्रेम गीत–३’ भारतमा असोज ७ गते ‘विश्वजितम’का नामबाट रिलिज हुने
समाचार

‘प्रेम गीत–३’ भारतमा असोज ७ गते ‘विश्वजितम’का नामबाट रिलिज हुने

  • नागरिक रैबार
‘प्रेम गीत–३’ भारतमा असोज ७ गते ‘विश्वजितम’का नामबाट रिलिज हुने

काठमाडौं । चलचित्र ‘प्रेम गीत–३’ नेपालसँगै भारतमा पनि एकसाथ रिलिज हुने भएको छ । असोज ७ गते यो चलचित्र नेपालसँगै भारतमा पनि रिलिज हुने भएको हो । असोज ७ गते नै चलचित्र भारतसँगै विश्वरभर रिलिज हुने निर्माता सन्तोष सेनले जानकारी दिए । उनका अनुसार हिन्दी भाषामा यो चलचित्र ‘विश्वजितम’का नामबाट रिलिज हुनेछ ।

सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गरेको चलचित्र कोभिड संक्रमणको महामारी अगाडि नै निर्माण सम्पन्न भएको थियो । तर, लकडाउनका कारण चलचित्र रिलिज हुन सकेको थिएन ।

चलचित्रमा प्रदीप खड्का र क्रिष्टिना गुरुङ मुख्य भूमिकामा छन् ।सन्तोषले यो चलचित्र लामो समय मुम्बइमा बसेर हिन्दी भाषामा डबिङ गराएका थिए । उक्त चलचित्र भारतका थिएटरमा पनि रिलिज गर्ने उद्धेश्यले हिन्दीमा डबिङ गराएका थिए । भारतीय चलचित्र वितरकले व्यवसायिक रुपमा नेपाली चलचित्र रिलिज गर्न लागेको यो पहिलो पटक हो ।

विज्ञापन

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार