होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, चैत्र २४, २०८०
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • ‘रेलको बाटो’ नाममा फिल्म बन्ने
मनोरञ्जन

‘रेलको बाटो’ नाममा फिल्म बन्ने

  • नागरिक रैबार
‘रेलको बाटो’ नाममा फिल्म बन्ने
‘रेलको बाटो’ गीतको भिडियोको एक दृश्यमा अभिनेता जीबी चिरन (चिरञ्जीवी सापकोटा)

काठमाडौं । ‘रेलको बाटो’ गीतलाई स्रोता–दर्शकले निक्कै रुचाएसँगै अब यही नाममा चलचित्र बन्ने भएको छ । मोडल तथा अभिनेता जीबी चिरन (चिरञ्जीवी सापकोटा)ले आफूहरु ‘रेलको बाटो’ नाममा चलचित्र बनाउने तयारीमा रहेको जानकारी दिए ।

विन्दास प्रोडक्सनको ब्यानरमा चलचित्र निर्माण हुन लागेको हो । जीबीले  भने, ‘अहिले म आफैंले स्क्रिप्टको काम गरिरहेको छु । दुई–तीन दिनमै चलचित्रको नाम दर्ता गर्ने तयारी गरेका छौं ।’

चार–पाँच जनाको टिम मिलेर चलचित्र बनाउन लागेको उनले बताए । निर्देशकसहित कलाकारहरु केही दिनमा फाइनल गरिने उनले जानकारी दिए । चलचित्रको शीर्ष भूमिकामा जीबी देखिनेछन् । ‘निर्देशकबारे टिममा छलफल भइरहेको छ । कलाकारहरु प्रायः थिएटरतिरको हुनुहुनेछ । केही दिनपछि प्रेसमिट गरेर जानकारी दिनेछौं,’ उनले भने ।

विज्ञापन

गत वर्ष सार्वजनिक ‘रेलको बाटो’ बोलको गीतले निक्कै प्रशंसा पायो । कर्णालीको वास्तविक कथा, व्यथा बोलेको यस गीतलाई स्रोता–दर्शकले निक्कै रुचाए । लेखराज गिरीको शब्द, सुरज पण्डितको स्वर एवं संगीत रहेको गीतको फिमेल भर्सन समेत तयार भइसकेको छ । फिमेल भर्सनको गीतमा स्मृति शाहीले स्वर दिएकी छन् । लक्ष्मण सुनारको निर्देशनमा तयार गीतको भिडियोमा जीबी चिरन (चिरञ्जीवी सापकोटा)ले शीर्ष भूमिकामा अभिनय गरेका छन् । कर्णालीमै पुगेर छायांकन गरिएको भिडियोले युट्युबमा समेत राम्रो भ्युज पाएको छ ।

सोही गीतको नाममा बन्न लागेको चलचित्र कर्णालीकै कथा, व्यथामा केन्द्रित हुने जनाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै