होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा उत्पन्न विवाद सुल्झिएपछि पुन: मतगणना सूरू
समाचार

बाजुरामा उत्पन्न विवाद सुल्झिएपछि पुन: मतगणना सूरू

  • नागरिक रैबार
बाजुरामा उत्पन्न विवाद सुल्झिएपछि पुन: मतगणना सूरू
बाजुरामा रोकिएको मतगणना पुनः सुरु भएको छ ।  मतगणनाको क्रममा उत्पन्न विवाद सुल्झिएपछि  पुनः मतगणना सुरु गरिएको छ । यसअघि यहाँ मुचुल्कामा रहेको भन्दा बढी मत पाइएपछि दलका प्रतिनिधिहरूबीच विवाद उत्पन्न भएको थियो ।
उम्मेदवार तथा दलका प्रतिनिधिहरूको समझदारीमा गणना पुनः सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभातर्फ हिमाली गाउँपालिका ६ धिममा मुचुल्काभन्दा ३० मत बढी भेटिएको एमालेको आरोप थियो भने प्रदेशसभा (२) तर्फ बुढीगंगा नगरपालिका ३ काे मतदान केन्द्रका पेटिकामा मुचुल्काभन्दा ९८ मत बढी भएकाे भन्दै कांग्रेस कार्यकर्ताहरूले विराेध गरेपछि मतगणना केही समय राेकिएकाे थियाे । तर बुढीगंगा ३ काे हकमा भने निर्वाचनमा खटिएका कर्मचारीले कम्प्युटरमा इन्ट्री गर्दा फरक पर्न गएको निष्कर्षमा समझदारी भएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार