होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बझाङमा करेन्ट लागेर घाइते भएका युवकको मृत्यु
समाचार

बझाङमा करेन्ट लागेर घाइते भएका युवकको मृत्यु

  • नागरिक रैबार
बझाङमा करेन्ट लागेर घाइते भएका युवकको मृत्यु

धनगढी: बझाङमा नेपाल टेलिकमको फोर जी सेवा विस्तारका क्रममा करेन्ट लागेर घाइते भएका युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार शुक्रबार काठमाडौं घर भएका ४० वर्षीय सुमनविक्रम शाह वित्थडचिर गाउँपालिकाको धरान बजारमा फाइबर विस्तार गर्दै गर्दा करेन्ट लागेर घाईते भएका थिए।

उनलाई उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ। शाहलाई बझाङबाट स्कारपियोमा खोडपे पुर्‍याइएको थियो। नेपाल टेलिकमको समन्वयमा उनलाई माउन्टेन हेलीको हेलिकोप्टरबाट उपचारका लागि खोडपेबाट नेपालगञ्ज लगिएको थियो। तर उनको बाटोमै मृत्यु भएको बताइएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार