होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गोपाल हमालको उम्मेदवारी घोषणा सभामा पूर्वाधार विज्ञ आचार्य आउने
समाचार

गोपाल हमालको उम्मेदवारी घोषणा सभामा पूर्वाधार विज्ञ आचार्य आउने

  • नागरिक रैबार
गोपाल हमालको उम्मेदवारी घोषणा सभामा पूर्वाधार विज्ञ आचार्य आउने

धनगढी : सुन्दर सुदूरपश्चिमका अभियन्ता एवम् उद्योगी गोपाल हमालको उम्मेदवारी घोषणा कार्यक्रममा पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्य पनि आउने भएका छन्। धनगढी उपमहानगरपालिकाको मेयर पदमा हमालले स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने कार्यक्रमका लागि आचार्य पनि धनगढी आउने भएका हुन्।

हमालको प्रचारप्रसार समितिले दिएको जानकारीअनुसार फागुन १९ गते बिहीबार विहान साढे ८ बजे धनगढीस्थित होटल रुवसमा घोषणा सभा राखिएको छ। घोषणा सभामा उपमहानगरवासीलाई पनि आमन्त्रण गरिएको छ। हमालले ०७४ को निर्वाचनमा पनि धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका थिए।

हालका मेयर नृपबहादुर वडले १४ हजार ३२४ मत प्राप्त गरी निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी रहेका हमालले ११ हजार ५२७ मत प्राप्त गरेका थिए। गत निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका उम्मेदवार क्रमशः तेस्रो र चौथो स्थानमा सीमित रहेका थिए। उपमहानगरवासीले स्वतन्त्र उम्मेदवारी दिन सुझाव दिएपछि हमालले विवेकशील साझा पार्टीबाट साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिइसकेका छन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै