होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अग्रज पत्रकार खड्काको निधन
समाचार

अग्रज पत्रकार खड्काको निधन

  • नागरिक रैबार
अग्रज पत्रकार खड्काको निधन

यहाँका अग्रज पत्रकार विदुर खड्काको ८० वर्षको उमेरमा निधन भएको छ । मिर्गौला रोगबाट ग्रसित उनको काठमाडौँमा उपचारका क्रममा आज बिहान निधन भएको पुँवार खड्का समाज बागलुङका उपाध्यक्ष लीलादेवी खड्काले जानकारी दिए ।

दिवङ्गत खड्काको बिहीबार गृह जिल्लामै अन्त्येष्टि गरिने भएको छ । उनको पहलमा विसं २०२८ मा बागलुङबाट ‘धौलाश्री’ साप्ताहिक प्रकाशनमा आएको थियो । खड्का त्यसको सम्पादक रहेका थिए ।

वि.सं २०५८ मा दैनिक रुपमा प्रकाशन हुन थालेको उक्त पत्रिका वि.सं २०६३ मा बन्द भए पनि त्यसको अनलाइन संस्करणले निरन्तरता पाउँदै आएको थियो । खड्काले वि.सं २०५७ मा गठित नेपाल पत्रकार महासङ्घको तत्कालीन धवलागिरि शाखाको संयोजक भएर काम गरेका थिए ।

विज्ञापन

उनका तीन छोरा छन् । खड्काकी श्रीमती गङ्गाको पनि निधन भइसकेको छ । खड्काले दिवङ्गत आमा सुमित्रा र श्रीमती गङ्गाको स्मृतिमा ‘सुगङ्गा पुरस्कार’समेत स्थापना गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार