होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मार्तडी बजारको फोहोर मैला व्यवस्थापन गरिने
समाचार

मार्तडी बजारको फोहोर मैला व्यवस्थापन गरिने

  • नागरिक रैबार
मार्तडी बजारको फोहोर मैला व्यवस्थापन गरिने

नागरिक रैबार/बाजुरा १८ जेठ। बडीमालिका नगरपालिकाले बाजुराको सदरमुकाम समेत रहेको मार्तडी बजारको फोहोर मैलालाई व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

बाजुराको मुटुका रुपमा रहेको सदरमुकाम मार्तडी बजारलाई सफा र स्वच्छ बनाउने गरी बजारको सरसफाई व्यवस्थापन गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता धर्मराज पाध्यायले बताएका छन् ।

प्रवक्ता पाध्यायका अनुसार नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधि आएर पदभार ग्रहण गरेसंगै आज बसेको कार्यपालिकाको पहिलो बैठकले सदरमुकाम समेत रहेको मार्तडी बजारलाई सफा र सुन्दर बनाउन बजारसंगै जोडिएका वडा नं. ८ का वडा अध्यक्ष चन्द्रबहादुर थापा र ९ का अध्यक्ष सुर्यकिरण विकको संयोजकत्वमा कार्यदल निर्माण गरि बजारभित्रको सरसफाई व्यवस्थापन गरिने छ ।

विज्ञापन

त्यस्तै सरसफाई व्यवस्थापन कार्यदलले मार्तडी बजारमा आवश्यकता अनुसार मानवीय एंव भौतिक श्रोत साधानको प्रयोग गरि बजार क्षेत्रको पहिलो चरणको सरसफाई सम्पन्न गर्ने र सो वाफतको भुक्तानी समेत नगरपालिकाले व्यहोर्ने प्रवक्ता पाध्यायको भनाइ छ ।

त्यसै गरी बडीमालिका नगरपालिकाबाट उत्सर्जन हुने फोहोर मैलाको दिगो व्यवस्थापन गर्न ल्याण्डफील्ड साईट निर्माणका लागि प्रारम्भिक अध्ययन गर्नका लागि नगरका प्रवक्ता तथा बडीमालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्याय संयोजकत्वमा ७ सदस्यीय प्रारम्भिक अध्ययन समिति गर्ने निर्णय गरिएको छ ।

जसमा सदस्यहरु ८ का अध्यक्ष चन्द्रबहादुर थापा र ९ का वडा अध्यक्ष सुर्यकिरण विक, कार्यपालिका सदस्य बुदे लवार र निर्मला बडुवाल , हाटबजार व्यवस्थापन समितिका एकजना सदस्य र सदस्यसचिव शंकर कुमार खड्का रहने गरी प्रारम्भिक अध्ययन समिति निर्माण गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार