होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • किस्मीले लेखेकी थिइन्– यादहरूसँग मर्ने लक्ष्य छ !
समाचार

किस्मीले लेखेकी थिइन्– यादहरूसँग मर्ने लक्ष्य छ !

  • नागरिक रैबार
किस्मीले लेखेकी थिइन्– यादहरूसँग मर्ने लक्ष्य छ !

पोखरा । यती एयरलाइन्सले १६ जुन २०१७ मा आफ्नो फेसबुक पेजमा एयर होस्टेजको मुस्कानसहितको तस्बिर राखेर लेखेको थियो, “मुस्कान हाम्रो भाषा हो ।”तस्बिरमा मुस्काइरहेकी युवती चाहिँ किस्मी थापा थिइन् ।

उनको सामाजिक सञ्जाल नियाल्दा मुस्काइरहेका तस्बिर देखिन्छन् अनि देखिन्छन्, उनको एयरलाइन्स लक्ष्य र सपना ।फुटबल खेलाडी रोनाल्डोको फ्यान रहेकी थापाले दुई दिनअघि पनि उनै फुटबलरको तस्बिर सेयर गरेकी थिइन्, जुन सामाजिक सञ्जालमा उनको अन्तिम पोस्ट बन्न पुग्यो ।

‘योर लाइफ इज योर रोड, अन्ली यू क्यान वाक अन इट’, ‘आई मिस फ्लाइङ इन द स्काई, कोरोना गो सुन…’ ।सामाजिक सञ्जालमा कुनैबेला थापाले सेयर गरेका क्याप्सन हुन् यी । यी दुई वाक्यले नै उनको विगतको संघर्ष र सफलतालाई पुष्टि गर्छ । तर, अब उनी नै इतिहास भइसकिन् ।

विज्ञापन

आइतबार बिहान १० बजेर ७ मिनेट जाँदा सम्पर्कविहीन भएको तारा एयरको ट्विनअटर विमान सोमबार बिहान भेटिँदा विमानमा सवार २२ जनाकै निधन भएको छ । तिनै २२ मध्येकी एक हुन् किस्मी । उनी यात्रु नभई क्याबिन क्रू मेम्बर हुन् ।

साथीहरूका लागि उनी मनिषा हुन् । परिवारको लागि अविभावक । ‘म हावासँग सम्बन्धित छु,’ कुनैबेला उनले लेखेका यी शब्दसँगै उनी पनि हावामै उडिरहँदा सदाका लागि संसार छाडेकी छन् ।

पोखरा विमानस्थलमा आइतबार विमान हराएको थाहा पाउनासाथ किस्मीका आफन्त र साथीहरू प्रार्थना गर्दै थिए । विमान भेटिएको थिएन र उनीहरूको आशा पनि मरेको थिएन ।

दिनभरको खोजतलासपछि पनि मौसमी खराबीका कारण सुरक्षाकर्मीसहित स्थानीयले आइतबार साँझसम्म पनि विमान भेटाउन सकेनन् ।

तर, सोमबार बिहानै खबर आयो, ‘मानापाथी हिमालको फेदतिर पर्ने सानोसोरे भिरमा विमान क्षतविक्षत अवस्थामा भेटियो ।’
विमानमात्रै होइन, यात्रु सबैको निधन भएको खबर पनि सँगै आयो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै