होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • राष्ट्रपति भण्डारीद्वारा बडीमालिकाको पूजा
बडीमालिका

राष्ट्रपति भण्डारीद्वारा बडीमालिकाको पूजा

  • नागरिक रैबार
राष्ट्रपति भण्डारीद्वारा बडीमालिकाको पूजा

नागरिक रैबार/बाजुरा १८जेठ। राष्ट्रपती विद्यादेवी भण्डारी बुधबार बिहान बाजुरा आएकी छिन्।बडीमालिका मन्दिरको दर्शन र पुजापाठका लागि राष्ट्रपति भण्डारी नेपाली सेनाको हेलिकोप्टरबाट बाजुरा आईपुगेको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी सुर्य थापाले बताएका छन् ।
सुदूरपश्चिम प्रदेशको बाजुरामा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकयि स्थलका रुपमा परिचित बडीमालिकाको दर्शनका लागि राष्ट्रपती भण्डारी बुधबार विहान ७ बजेर ३० मिनेटमा सदरमुकाम मार्तडीमा रहेको नेपाली सेनाको दुर्गा भन्जन गुल्ममा अवतरण गरेकी थिईन् ।
राष्ट्रपती भण्डारीले नेपाली सेनाकै अर्को हेलिकप्टरमा बडीमालिका मन्दिरमा पुगेर मन्दिरको दर्शन र पुजापाठ सकेर सुर्खेत फर्किएको प्रहरीले जनाएको छ । राष्ट्रपती भण्डारीले बिहान १० बजेको समयमा बडीमालिकाको दर्शन तथा पुजा गरेकी छिन् ।

जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बडीमालिकामा जेठ महिनामा लाग्ने गङ्गादशहराको पहिले नै बडीमालिकाको पूजा गर्ने प्रचलनअनुसार आज राष्ट्रपति भण्डारीले पूजा आराधना गरेको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताएका छन् ।
पहिलो पटक बाजुरामा आएकी राष्ट्रपती भण्डारीले बडीमालिका मन्दिरको दर्शन र पुजा पाठ गर्नुका साथै हेलिकप्टर मार्फत बाजुरा जिल्लाको सदरमुकाम समेत अवलोकन गरेकी छन् ।

बडीमालिकाको पूजा सकेर राष्ट्रपति भण्डारी सुर्खेत फर्किएका छन्। बडीमालिकामा राष्ट्रपति भण्डारीको आगमनले यहाँको पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार