होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • विचित्र संसार
  • अन्तरीक्षमा पिज्जा पार्टी ! (भिडियो सहित)
विचित्र संसार

अन्तरीक्षमा पिज्जा पार्टी ! (भिडियो सहित)

  • नागरिक रैबार
अन्तरीक्षमा पिज्जा पार्टी ! (भिडियो सहित)

वास्तवमा अन्तरीक्षयात्री बन्नु सबैभन्दा कठीन काम हो । किनकी आकासमा हजारौँ माइलको यात्रा गर्नु र अज्ञात चिज पत्ता लगाउनु सजिलो काम होइन । यद्यपि अन्तरीक्षमा यात्रा गर्नुको आफ्नै रोमान्चकता हुन्छ । हालै एउटा भिडियो सार्वजनिक भएको छ जसमा अन्तराष्ट्रिय स्पेस स्टेसनका अन्तरीक्षयात्रीहरुले एक पिज्जा पार्टी गरिरहेका छन् ।

इन्स्टाग्राममा अपलोड भएको उक्त भिडियोमा अन्तरीक्षयात्रीहरुको एक टिम स्पेस स्टेसनमा पिज्जा डिनरको मज्जा लिइरहेको देखिन्छ ।

 

विज्ञापन

पृथ्वीभन्दा झण्डै ४ सय किलोमिटर टाढा रहेको इन्टरनेसनल स्पेस स्टेसनमा रहेका अन्तरीक्षयात्रीहरुले हावामा उड्दै रमाइलो तरिकाले पिज्जा खाइरहेको भिडियो सार्वजनिक भएको हो । उक्त भिडियो थोमस पेस्क्वेटले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा अपलोड गरेका हुन् ।

भिडियोसँगै उनले लेखेका छन्- साथीहरुसँग तैरिने पिज्जा रात्री । यो तस्वीर पृथ्वीमा शनिवारको दिन हुने सप्ताहन्तको पार्टी जस्तै देखियो । जस्तो कि भनिन्छ एउटा उत्कृष्ट शेफ कहिल्यैपनि आफ्नो रहस्य उजागर गर्दैन । तर मैले एक भिडियो बनाएँ ता कि तपाइँहरुले हेरेरै बुझ्न सक्नुहोस् ।

करीब १ मिनेटको यो भिडियोमा अन्तरीक्षयात्री थोमसले आफ्ना सहकर्मीहरुसँग शुन्य गुरुत्वाकर्षणको वातावरणमा पिज्जा बनाएको र खाइरहेको देखिन्छ । त्यसक्रममा पिज्जाहरु हावामा उडिरहेको निकै रोचक दृश्य देखिन्छ । अन्तरीक्षयात्रीहरु निकै रमाइरहेका छन् सोसल मिडियामा यो भिडियो लाखौँ पटक हेरिसकिएको छ ।

www.youtube.com/watch?v=1003M-c_A_8&t=69s

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार