होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिम सरकारले विपन्नलाई डाक्टर पढाउने, एक जनालाई ५० लाख छात्रवृत्ति
समाचार

सुदूरपश्चिम सरकारले विपन्नलाई डाक्टर पढाउने, एक जनालाई ५० लाख छात्रवृत्ति

  • नागरिक रैबार
सुदूरपश्चिम सरकारले विपन्नलाई डाक्टर पढाउने, एक जनालाई ५० लाख छात्रवृत्ति

धनगढी : सुदूरपश्चिम सरकारले चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न फेरि सूचना प्रकाशन गरेको छ। नेपालमै एमबीबीएस पहिलो वर्षमा अध्ययनरत विद्यार्थीलाई छात्रवृति प्रदान गर्न प्रदेशको सामाजिक विकास मन्त्रालयले सूचना जारी गरेको हो।

सुदूरपश्चिमका दलित, आदिवासी जनजाति, सिमान्तकृत, लोपोन्मुख समुदाय, पिछडिए क्षेत्रका जेहन्दार विद्यार्थीलाई छात्रवृति वितरण गरिने सामाजिक विकास मन्त्रालयको उच्च शिक्षा महाशाखाका शाखा अधिकृत जयदेव महराले बताए।

महराका अनुसार छात्रवृत्तिका लागि पुसको १२ गतेसम्म आवेदन बुझाउन पर्नेछ। ‘९ जनालाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम छ,’ महराले भने, ‘प्रत्येक वर्ष १० लाखका दरले ५ वर्षमा एक जनालाई ५० लाख छात्रवृत्ति प्रदान गरिनेछ।’

विज्ञापन

अघिल्लो वर्ष छात्रवृत्तिको कार्यक्रम कार्यान्वयन नहुँदा एमबीबीएस, उच्च शिक्षा, प्राविधिकतर्फ डिप्लोमा, टी–एसएलसी, सरकारी कर्मचारी र कर्मचारीको सन्ततिहरु छात्रवृत्ति पाउनबाट बन्चित भएका थिए। प्रदेश सरकारले यस पटक छात्रवृत्ति प्रदान गर्न एकिकृत छात्रवृत्ति निर्देशिका सच्याएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार