होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ओलीको टिप्पणी : ‘विचरा माधव नेपाल कुदेको देख्दा माया लाग्छ’
समाचार

ओलीको टिप्पणी : ‘विचरा माधव नेपाल कुदेको देख्दा माया लाग्छ’

  • नागरिक रैबार
ओलीको टिप्पणी : ‘विचरा माधव नेपाल कुदेको देख्दा माया लाग्छ’

काठमाडौँ, १३ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल कुदेको देख्दा माया लाग्ने गरेको टिप्पणी गरेका छन् । सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चको शुभकामना आदान प्रदान कार्यक्रममा उले यस्तो बताएका हुन्।

उनले भने, “विचरा माधव नेपाल कुदेको देख्दा माया लाग्छ । कहिले पोखरा, कहिला कता हातमा टोपी लिएर कुदेको देख्दा माया लाग्छ । किन कुदेको थाहा छ ? एमाले मार्न, पार्टीको नाम समाजवादी राख्छन् । समाजवादतिर जान लाग्यो भनेर अरुको पार्टी मास्न लाग्छन् ।”

वि.सं. २००७ सालदेखि नै कांग्रेस देश ‘भडुवा’ पार्टी भएको भन्दै ओलीले अर्काको पार्टी भत्काउनेलाई कांग्रेसले बोक्ने गरेको समेत उनले सुनाए । उनले भने, “कांग्रेसले सकेन, राजतन्त्रले सकेन, सबै सिद्याएर आएको पार्टीलाई मास्न कुदेका छन् । पार्टी छोडेपछि त चुप लागेर घर बस्नु नी। ” मालेको विरोध गर्नेहरु राष्ट्रियता र देश विरोधीहरु भएको ओलीको भनाई छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार