होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • नेपाली फुटबल टोली इराकबाट कुवेत जाँदै
खेलकुद

नेपाली फुटबल टोली इराकबाट कुवेत जाँदै

  • नागरिक रैबार
नेपाली फुटबल टोली इराकबाट कुवेत जाँदै

१६ जेठ काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली इराकसंगको मैत्रीपूर्ण खेलपछि आइतबार कुवेत जाँदैछ । फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको बाँकी ३ खेल खेल्न नेपाली टोली इराकबाटै कुवेततर्फ गएको हो ।

नेपाली टोली इराकको स्थानीय समयअनुसार साँझ ६ बजे त्यहाँबाट स्थलमार्ग हुँदै कुवेततर्फ जाने र करिब २ घण्टाको यात्रापछि कुवेत पुग्ने व्यवस्थापक मधुसुदन उपाध्यायले जानकारी गराएका छन् ।

 

विज्ञापन

शनिबार भएको मैत्रीपूर्ण खेलमा नेपाल इराकसँगको ६–२ ले पराजित भएको थियो । नेपालका लागि अन्जन विष्ट र मनिष डाँगीले गोल गरेका थिए ।

कुवेतमा नेपालले छनोट चरणका तीन खेल खेल्नेछ । जेठ २० गते चाइनिज ताइपेइ, जेठ २४ गते गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ ।

कोरोना महामारीले गर्दा नेपालले घरेलु मैदानमा खेल्नुपर्ने यी खेलहरु एएफसीले सेन्ट्रल भेन्युको रुपमा कुवेतमा खेलाउन लागेको हो । यसअघि ५ खेल खेलिसकेको नेपालले १ जितबाट ३ अंक जोडेको छ र समूहमा पाँच टिममध्ये चौथो स्थानमा छ ।

कुवेतसंग दुवै खेल खेलिसकेको नेपाल ७-० र १-० ले पराजित भएको थियो । यस्तै अष्ट्रेलियासंग ५-० र जोर्डनसंग ३-० ले पराजित भएको नेपालले चाइनिज ताइपेईलाई उसैको मैदानमा २-० ले पराजित गरेको थियो ।

नेपालले छनोटको पछिल्लो खेल २०१९ नोभेम्बरमा भुटानको थिम्पुमा कुवेतसंग खेलेको थियो र उक्त खेलमा १-० ले पराजित भएको थियो । त्यसको करिब १८ महिनापछि नेपालले छनोटको खेल खेल्न लागेको हो ।

विश्वकप छनोटको अर्को चरणमा पुग्ने सम्भावना नेपालको लगभग सकिसकेको छ । अंकगणितीय रुपमा मात्र झिनो सम्भावना बाँकी छ ।

तर २०२३ मा हुने एसियन कपको समेत यो छनोट रहेकोले नेपाललाई बाँकी ३ खेलको नतिजा महत्वपूर्ण हुनेछ । नेपाल चौथो स्थानमै रहेर छनोट सकाए एसिया कपको लागि सिधै छनोट हुने सम्भावना रहन्छ । पाँचौं भएमा भने नेपालले एसिया कपको अर्को चरणमा पुग्नका लागि पनि थप प्लेअफ राउण्ड खेल्नुपर्ने हुन्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार