होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • संसदीय प्रणालीमा विश्वमै कतै नहुने घटना नेपालमा भइरहेकाे छ : प्रधानमन्त्री ओली
राजनीति

संसदीय प्रणालीमा विश्वमै कतै नहुने घटना नेपालमा भइरहेकाे छ : प्रधानमन्त्री ओली

  • नागरिक रैबार
संसदीय प्रणालीमा विश्वमै कतै नहुने घटना नेपालमा भइरहेकाे छ : प्रधानमन्त्री ओली

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रैका नेताबाट देशका लागि अनिष्ट हुने काम भइरहेको बताउनुभएको छ । तेस्राे राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संसदीय प्रणाली र दलीय प्रणालीमा विश्वमै कतै नहुने घटनामा नेपालमा भइरहेको बताउनुभयो । उहाँले नेता माधवकुमार नेपालप्रति इङ्गित गर्दै नेतृत्व नै धमिलो भएपछि कार्यकर्तामा त्यसमा प्रभाव पर्नु स्वाभाविक भएको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री ओलीले उनीहरूले देशविरुद्ध निकै ठूलो अनिष्टको काम गरिरहेको दाबी पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, तिनले खाएको शपथ झुटो हो, तिनका सपथ बेइमानी हो । तिनका शपथभित्र स्वार्थ पूरा गर्ने कपट लुकेको हुन्छ । अहिले तिनले खाएका शपथ सम्झनुहोस् त । तिनले कहाँ–कहाँ शपथ खाए होलान् तर देशको विरुद्ध बहुतै ठूलो अनिष्टको काम गरिरहेका छन् । जब नेतृत्व तहबाट त्यस प्रकारका काम हुन्छ । नेतृत्व तह अनुशासनहिन र अराजकतामा उत्रिन्छ । सम्माननीय राष्ट्रपतिज्युकोमा गएर एक जनाले म विरोधमा आएको छु भन्नु भएछ गर्वसाथ । सरम छैन । जब नेतृत्व तह यस्तो हुन्छ, माथिबाटै धमिलो पानी बगेपछि तल सङ्लाे कहाँबाट आउँछ ? माथिबाटै धमिलो पानी बग्ने, बगाउने काम भइरहेको छ । यो चिन्ताको विषय छ ।

राजनीतिक दल र तिनका नेता अनुशासनहीन, अराजक, पार्टी निर्देशन विपरीत फ्लोर क्रस गर्ने, पार्टी अनुशासन नमान्ने र पार्टी फोड्ने, पार्टीविरुद्ध जाने, अर्कै उम्मेदवार उठाउने जस्ता दुनियाँको कुनै इतिहासमा नभएको घटना नेपालमा भएको बताउनुभयो । उहाँले आफ्नो सरकार ढाल्नका लागि विश्वासको मतदान नगरेर बाहिर बस्ने त कहिले अर्को सरकार बनाउन गरिएको कसरत दलीय अनुशासन, मर्यादा, प्रणाली संसदीय प्रणालीविरुद्ध भएको बताउनुभयो । उहाँले पछिल्लो समय नेपाली राजनीतिमा स्याडिस प्रवृत्तिको बिगबिगी देखिएको टिप्पणी गर्नुभयो ।

विज्ञापन

उहाँले भन्नुभयो, समाजलाई अमर्यादाले एकताबद्ध बनाउँदैन । परपीडक प्रवृत्तिले अर्काको आँसुमा रमाउने खालका परपीडक स्याडिस । त्यस्तो स्याडिस प्रवृत्तिको बिगबिगी देखिन्छ । यो गम्भीर चिन्ता र चासोको विषय हो । परपीडक, असभ्य, छाडा र अराजक तत्त्व अहिले पनि आफूलाई विद्वान ठान्ने । तिनको जीन्दगी खेर गएको देखेर पनि दुःख लाग्छ । उच्च जिम्मेवारी र मर्यादामा रहेका व्यक्तिको अपमान र मनपरी गाली गर्नु आफ्नो बहादुरी ठान्ने प्रवृत्ति यो समाजका लागि कति हानिकारक छ ? यो कुनै अरू जीवजन्तुले होइन, आफू पढेलेखेको जान्ने सुन्ने सभ्य छु भन्ने जान्ने, भात होइन पिजा खानेहरूबाट यस्ता कामहरु भइरहेको छ ।
समाजमा बढ्दै गएको अशिष्ट र अराजक गतिविधिविरुद्ध मर्यादा, शिष्टता र सभ्यतातर्फ समाजलाई फर्काउन सभ्य समाज निर्माण गर्न जरुरी रहेको भन्दै त्यसकार्यमा लाग्न आग्रह गर्नुभयो ।

विभिन्न चरणको आन्दोलन र राजनीतिक योगदानका कारण संवैधानिक र कानुनी हिसाबले राज्यका सबै अङ्गमा महिलाको ३३ प्रतिशत सुनिश्चितताको उपलब्धि प्राप्त भए पनि कतिपयलाई यही उपलब्धि चित्त नबुझेको प्रधानमन्त्री ओलीले टिप्पणी गर्नुभयाे ।

उहाँले राजनीतिक स्वतन्त्रतासँग सामाजिक न्याय र समानता भएपछि मात्रै वास्तवमा लोकतान्त्रिक समाज निर्माण हुने र नागरिककाे व्यवस्था हुने बताउनुभयो । समृद्धि र समानता भएको स्थानमा लोकतान्त्रिक समाज हुने भन्दै उहाँले प्रजातान्त्रिक समाज निर्माणका लागि नागरिक स्वतन्त्रता, राजनीतिक हक अधिकार, सामाजिक हक अधिकार, समृद्धि र न्यायसहितको समानताको सुनिश्चितता हुनुपर्ने बताउनुभयो ।

विगतमा महिला अधिकारका लागि भएका आन्दोलन तथा योगमाया, कमलादेवी सिंह, सहाना प्रधान लगायत नेतृहरूको भूमिका र बलिदानीको चर्चा गर्दै उहाँले ती सबैले नेपाली समाजलाई राजनीतिक र सामाजिक परिर्वतनसँगै चेतना वृद्धिमा सहयोग पुर्‍याएकाे बताउनुभयो । त्यस बेलाको आन्दोलनकै असर स्वरूप अहिले महिलाको समान अधिकारको आकाङ्क्षा प्रकट हुने अवस्थामा आएको उहाँले उल्लेख गर्नुभयो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै