होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बोक्सोको आरोपमा पुरुषमाथि कुटपिट, एकजना पक्राउ
समाचार

बोक्सोको आरोपमा पुरुषमाथि कुटपिट, एकजना पक्राउ

  • नागरिक रैबार
बोक्सोको आरोपमा पुरुषमाथि कुटपिट, एकजना पक्राउ

जनकपुरधाम । महोत्तरीमा बोक्सोको आरोपमा एक पुरुषमाथि कुटपिट गर्दै मलमूत्र खुवाएको घटना बाहिर आएको छ ।

जिल्लाको औरही नगरपालिकाका-९ निवासी ५५ वर्षीय रुपसी ठाकुर लोहारलाई स्थानीय व्यक्तिहरुले बोक्साको आरोप लगाएर कुटपिट गर्दै मलमूत्र खुवाएको घटना बाहिर आएको हो ।

ठाकुरको घरमै पुगेर स्थानीय रामशिला देवी मण्डल, उनका छोरा रामकृष्ण मण्डल, सोही ठाउँकी सुखियादेवी र उनका छोरा कृष्ण मण्डलसहितकाले कुटपिट गरेको महोत्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी प्रकाश बिष्टले बताए ।

विज्ञापन

‘कुटपिट गर्दै ठाकुरलाई मलमूत्र पनि खुवाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ,’ बिष्टले भने, ‘कुटपिटमा संलग्न एक जनालाई नियन्त्रणमा लिएर थप अनुसनधान गरिरहेका छौं ।’

प्रहरीका अनुसार कुटपिटमा संलग्न रामशिलादेवीलाई नियन्त्रणमा लिइएको छ । अन्यको पनि खोजी भइरहेको उनले बताए ।

के थियो कारण ?

कुटपिटको शिकार भएका ठाकुर र रामशिलाका पति पहिला सँगसँगै काम गर्थे । उनीहरु दुवै जना सँगै बसेर रक्सी पनि पिउने गर्थे । दशैंको केही दिन अगाडि दुवै जनाले रातिको समयमा रक्सी पिएका थिए । त्यसको भोलिपल्ट रामशिलाका पतिको मृत्यु भयो ।

पतिको मृत्युपछि गत कात्तिक १० गते उनका छोरा मोटरसाइकल दुर्घटनामा परेका थिए । यो दुई घट्ना ठाकुरले नै टुनामुना लगाएर गराएको भन्दै रामशिलाले घरमै गएर ठाकुरमाथि कुटपिट गरेको देखिएको प्रहरीले जनाएको छ ।

‘पतिको मृत्यु र छोराको दुर्घटनापछि रामशिलादेवी अन्धविश्वासमा परी टुनामुना गरेको भन्दै उनको घरमै पुगेर कुटपिट गरेको देखिएको छ,’ उनले भने, ‘घट्नाबारेमा थप अनुसन्धान भइरहेको छ ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार