होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिमका सीमा नाकाबाट भारतीयले नेपाल आउन स्वीकृती लिनुपर्ने
देश/प्रदेश

सुदूरपश्चिमका सीमा नाकाबाट भारतीयले नेपाल आउन स्वीकृती लिनुपर्ने

  • नागरिक रैबार
सुदूरपश्चिमका सीमा नाकाबाट भारतीयले नेपाल आउन स्वीकृती लिनुपर्ने

धनगढीः सरकारले शुक्रबारदेखि नेपाल–भारतसँग जोडिएका सीमानाका खुला गरेसँगै दुवै देशका नागरिकले आवतजावत गर्न पाउने भएका छन। तर भारतीय नागरिकले भने नेपाल प्रवेश गर्दा अनिवार्य स्वीकृती लिनुपर्ने गृह मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले दिनेशखबरसँग भने, ‘नेपाली नागरिक नेपाल र भारत जादा विगतमा जस्तै स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गरि आवातजावत गर्न पाउनेछन् तर भारतीय नागरिकले भने प्रवेशका लागि अनिवार्य स्वीकृती लिनुपर्नेछ।’

मन्त्रीपरिषद्को निर्णयका आधारमा गृह मन्त्रालयले शुक्रबारदेखि सीमा नाका खुला गरिएको जनाएको छ। मन्त्रालयका अनुसार कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको खलङ्गा र पुलघाट नाका पूर्ण रुपमा खुला गरिएको हो।

विज्ञापन

तर सीमानाकाबाट तेस्रो देशका नागरिकलाई भने प्रवेश अनुमति नदिइएको मन्त्रालयले जनाएको छ। सरकारले कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैत १० गतेदेखि नेपाल–भारत सीमा नाका बन्द गरेको थियो। त्यसपछि बीचमा सीमा नाकाको आवागमनलाई केही सहज बनाइएकोे भएपनि भारतीय नागरिकलाई प्रवेश अनुमती दिइएको थिएन। दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार