होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • नेपाली फिल्मले दशैं किन मिस गर्यो ?
मनोरञ्जन

नेपाली फिल्मले दशैं किन मिस गर्यो ?

  • नागरिक रैबार
नेपाली फिल्मले दशैं किन मिस गर्यो ?

२ दिन अगाडिसम्म चलचित्र प्रदर्शकहरु निर्मातालाई अब त चलचित्र रिलिज गरौं भन्दै आग्रह गर्थे । अब, एउटा कुरा स्पष्ट छ कि, दशैंपछि हलमा चलचित्रको अभाव हुने छैन । असोज २१ गते ‘फास्ट एन्ड फ्यूरिसियस’ रिलिज गरेसँगै हलहरु खुल्नेछन् । यसपछि, बलिउड र हलिउड चलचित्रको सेड्यूल हेर्ने हो भने पनि सन् २०२२ को क्रिसमससम्म डेट छैन । यसको अर्थ, अबको डेढ बर्ष प्रदर्शकहरुले चलचित्र रिलिज गरेर सास पनि राम्रोसँग फेर्ने फुर्सद पाउने छैनन् ।

एकैछिन, २ बर्ष अगाडि फर्किऔं । जतिबेला नेपाली चलचित्र रिलिजका लागि दशैंमा तछाडमछाड हुन्थ्यो । कतिपयले दीपकराज गिरीले दशैंमा एकलौटी गरेको भन्दै आरोप लगाए । कतिपयले दीपकको चलचित्र जहिले रिलिज हुन्छ, म पनि सोही मितिमा गर्छु भनेर बार्गेनिङ गरे । कतिपय निर्मातालाई दीपकले पैसा नै दिएर साइड लगाए ।

गतबर्ष त कोरोनाका कारण दशैंमा चलचित्र रिलिज हुन सकेन । तर, यो बर्ष पनि दशैंलाई केन्द्रित गरेर चलचित्र रिलिज गर्ने आँट शोभित बस्नेत बाहेक अरु निर्माताले सकेनन् । करिब एक साता लामो बिदा, गतबर्ष दशैं मनाउन नपाएका नेपाली, पक्कै पनि यो बर्ष चहलपहल बढी हुनेछ । चहलपहल बढी हुँदा दशैंमा हलसम्म जाने दर्शकको संख्या पनि बढ्नेछ ।

विज्ञापन

तर, यो बर्ष असोज २६ गते ‘डाँडाको वर पीपल’ बाहेक अरु चलचित्र रिलिज नहुने पक्का भैसकेको छ । अर्थात, नेपाली चलचित्रका निर्माताले दशैं मिस गरेका छन् ।

तिहारबाट भने हरेक साता हिन्दी चलचित्रसँग भिड्नुपर्ने वाध्यता छ । तिहार, क्रिसमस, अंग्रेजी नयाँ बर्ष, इद, जनैपूर्णिमा, तीज, नेपाली नयाँ बर्ष, भ्यालेन्टाइन डे कुनै पनि मिति खाली छैनन्, जहाँ हिन्दी चलचित्रले रिलिज घोषणा नगरेका हुन् ।नेपाली चलचित्रका निर्माता विदेशी चलचित्र रिलिज भएर माहोल बनाइदेला र आफू रिलिज गरौंला भनेर बस्दा यो अवस्था आएको देखिन्छ ।

वितरक करण श्रेष्ठ भन्छन्–‘हामीले दशैंमा दर्शकले प्रतिक्षा गरेको चलचित्र रिलिज गर्न खोजेका हौं । यसपटक वितरक, प्रदर्शक र निर्माता पनि एक भएका थिए । तर, चलचित्र क्षेत्र भित्र अझै पनि केही मानिसहरु रहेछन्, जसले यो क्षेत्रको राम्रो होस् भन्ने चाहदैनन् । यसैले, यसपटक दशैं मिस भयो । मेरो विचारमा हामीले दशैं मिस गरेर एउटा अवसर गुमाएका छौं ।’

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार