होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ ५, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री र राष्ट्रपतिले मान्छे मारेको भन्दा ठुलो अपराध गरेः संविधानविद् आचार्य
राजनीति

प्रधानमन्त्री र राष्ट्रपतिले मान्छे मारेको भन्दा ठुलो अपराध गरेः संविधानविद् आचार्य

  • नागरिक रैबार
प्रधानमन्त्री र राष्ट्रपतिले मान्छे मारेको भन्दा ठुलो अपराध गरेः संविधानविद् आचार्य

काठमाडौँः १३ जेठ । असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेर राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र राष्ट्रमाथि सबैभन्दा ठूलो अपराध गरेको संविधानविद् भीमार्जुन आचार्यले बताएका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार बोलाएको परामर्श बैठकमा संविधानविद् आचार्यले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री र राष्ट्रपतिले संविधान र राष्ट्रमाथिको सबैभन्दा ठूलो अपराध, गरेको बताए । संविधानमाथिको यो खेलवाड राज्यका सर्वोच्च निकायमा बसेका पदाधिकारीले गर्नु भनेको मान्छे मारेको भन्दा ठूलो अपराध हुने उनको भनाइ थियो ।

जम्मै खेल, तिकदम, जालझेल राष्ट्रपति, प्रधानमन्त्री र मतियारले संविधान नमान्नका लागि कुल्चनका लागि गरेका थिए । त्यसलाई रोक्नका लागि कुनै पनि कदम चालिएन,संसद् र प्रतिपक्षप्रति आचार्यको गुनासो थियो ।

विज्ञापन

प्रधानमन्त्री र राष्ट्रपतिको संविधानमाथि घात गर्ने योजना कार्यान्वयन हुँदै गएको र सफल हुँदै गएको अवस्थामा पनि प्रतिपक्ष र संसद्ले केही नगरेको उनले बताए । प्रधानमन्त्रीले राजीनामा नगरी नयाँ प्रधानमन्त्रीको आह्वान गरियो । त्यसमा संसद्ले नोटिसमा लिएन र प्रतिपक्ष पनि त्यसमा सहभागी भए, उनले भने ।

प्रतिनिधिसभा पुनःस्थापना हुने आचार्यले बताए । उनले यसअघि प्रतिनिधिसभा पुनःस्थाना गर्ने सर्वोच्चको निर्णयलाई हेर्दा पनि अहिले प्रतिनिधिसभा पुनःस्थापना हुने र त्यसपछि संसद्ले आफ्नो क्रियाशीलता बढाउनुपर्ने बताए ।

प्रतिनिधिसभा विघटन भएको अवस्थामा संविधानअनुसार सभामुख सापकोटाले गर्न सक्ने कुनै पनि काम नभएको बताए । उनले भने, कानुन र संविधान बमोजिम सभामुखले गर्ने काम छैन । संसद् पुनःस्थापना हुन्छ, विघटन असंवैधानिक छ । सर्वोच्चमा मुद्दा विचाराधीन भएकाले सभामुखले संसद् सुचारु गर्न सक्ने अवस्था छैन ।  दैनिक न्यूज नेपाल बाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार