होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • विजनेश
  • बैंकको बदमासी : घट्नु पर्ने व्याजदर घटाएनन्, जथाभावी बढाए प्रिमियम
विजनेश

बैंकको बदमासी : घट्नु पर्ने व्याजदर घटाएनन्, जथाभावी बढाए प्रिमियम

आधा दर्जन बैंकले नियम विपरीत बढाए व्याजदर

  • नागरिक रैबार
बैंकको बदमासी : घट्नु पर्ने व्याजदर घटाएनन्, जथाभावी बढाए प्रिमियम

काठमाडौं । साउन, भदौ र असोजको औसत बेस रेटका आधारमा कात्तिकमा कर्जाको नयाँ व्याजदर कायम गर्नुपर्ने हुन्छ तर केही बैंकहरुले नेपाल राष्ट्र बैंकको नियम विपरीत आफूखुसी असोज महिनामात्रैको बेस रेटका आधारमा व्याजदर घटाउने–बढाउने गरेको पाइएको छ । यसरी नियम विपरीत व्याजदर घटाउने तथा बढाउने केही बैंकहरुको कात्तिकमा घट्नु पर्ने जति कर्जा र निक्षेपको व्याजदर बीचको अन्तर स्प्रेड दर घटेको छैन भने केही बैंकको त उल्टै बढेको छ ।

कात्तिक महिनामा बैंकले बठ्याईं गरेर घट्नु पर्ने व्याजदर समेत नघटाएर उल्टै बढाएको पाइएको हो । नेपाल राष्ट्र बैंकले पनि यस विषयमा चासो दिएको छ । केही बैंकले व्याजदरमा लिने प्रिमियम बढाएको पाएपछि घटाउन निर्देशन दिइएको राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले बताए ।

‘प्रिमियम बढाउनै पाइँदैन तर केही केही बैंकहरुले बढाएका छन्,’ कार्यकारी निर्देशक भट्टले भने, ‘हामीले त्यस्ता बैंकहरुलाई स्वनियमनमा बस्न भनेका छौं, मनपरी गरे कारबाही गर्छौं, बढाउनै नपाइने प्रिमियम बढाउन भएन ।’ अरु बदमासी भएका विषयमा पनि राष्ट्र बैंकले हेरिरहेको उनले बताए ।

विज्ञापन

केही बैंकहरुले मनपरी ढंगले व्याजदर कायम गर्नुका पछाडि २ वटा कारणहरु देखिएका छन् । ‘केही बैंकहरुले नियम विपरित असोज महिनाको आधार दर लागू गरेको देखिएको छ, केही बैंकहरुले कर्जाको प्रिमियम जथाभावी बढाएको कारण पनि यस्तो समस्या देखिएको छ’ एक बैंकिङ वि भन्छन्, ‘यस विषयमा राष्ट्र बैंकले अलि चासो बढाउनुपर्छ, तथ्य हेरेर बैंकहरुलाई आवश्यक निर्देशन दिनुपर्छ ।’

कुन–कुन बैंकले गरे बदमासी

कात्तिकम महिनामा सनराइज बैंक, प्राइम कमर्सियल बैंक, मेगा बैंक, सानिमा बैंक लगायतका बैंकहरुले मात्रै निक्षेपको व्याजदर घटाएका थिए भने अधिकांश बैंकहरुले व्याजदर बढाएका थिए । यसरी व्याजदर बढाउन बैंकहरुको कात्तिकको बेस रेटमा समेत अफर परेको छ ।

माछापुच्छ्रे बैंक, एनआईसी एशिया बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक लगायतका आधा दर्जन बैंकहरुले घटाउनु पर्नेमा घटाउनु पर्ने दर पनि नघटाएर उल्टै बढाएका छन् ।

एनआईसी एशियाले राष्ट्र बैंकको नियमअनुसार कर्जाम ०.२३ प्रतिशत व्याजदर कात्तिमा बढाउन पाउने थियो । यस बैंकले कात्तिमा बचत तथा मुद्दतिको व्याजदर यति बढायो कि उसको असोजको ७.४८ प्रतिशत रहेको बेस रेट बढेर ९.२६ प्रतिशत पुगेको छ । यसको मतलव एनआईसी एशिया बैंकको व्याज खर्च १.५ प्रतिशत को हाराहारीमा बढेको छ । यसरी व्याजदर अन्तर कात्तिकमा १.२५ प्रतिशत हारहारीमा घटाउनु पर्नेमा ०.२९ प्रतिशतले मात्रै घटाएको छ ।

माछापुच्छ्रे बैंकले राष्ट्र बैंकका नियमअनुसार कर्जाम ०.१५ प्रतिशत व्याजदर कात्तिकमा घटाउनु पर्ने थियो । यस बैंकले कात्तिकमा बचत तथा मुद्दतिको व्याजदर बढेको जसले असोजको ७.७३ प्रतिशत रहेको बेस रेट बढेर ८.१२ पुगेको छ । यसको मतलव माछापुछ्रे बैंकको व्याज खर्च ०.५ प्रतिशतले बढेको देखिन्छ । यसरी यस बैंकको व्याजदर अन्तर कात्तिकमा ०.६५ प्रतिशत हाराहारीमा घटाउनु पर्नेमा उल्टै ०.०४ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुसार प्रिमियम मनपरी बढाएर पनि बैंकले बदमासी गरिरहेका छन् । माछापुच्छ्रे बैंकका सूचना अधिकारी माधव सुवेदीले अहिले प्रिमियम बढाउने निर्णयबाट पछि हटेको जानकारी दिए । ‘हाम्रो प्रिमियम बढेको छैन, बढाउने कुरामात्रै भएको थियो उनले भने, ‘राष्ट्र बैंकले बढाउन मिल्दैन भनेकाले हामी पछि हामी ब्याक हटेका हौँ ।’

बैंकहरुले तथ्यांकमै बदमासी गरेको जानकारी पाएपछि राष्ट्र बैंकले असोज महिनाको आधार दर लागू गर्ने बैंक र प्रिमियम बढाउने बैंकलाई सचेत गराएको छ । केही बैंकहरुलाई पत्राचार भइसकेको र केही बैंकलाई पत्राचार गर्ने तयारी भइरहेको राष्ट्र बैंक बताउँछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार