होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • माधव नेपालको साथ छाड्ने यी हुन् २० एमाले केन्द्रीय सदस्य(सूचीसहित)
राजनीति

माधव नेपालको साथ छाड्ने यी हुन् २० एमाले केन्द्रीय सदस्य(सूचीसहित)

  • नागरिक रैबार
माधव नेपालको साथ छाड्ने यी हुन् २० एमाले केन्द्रीय सदस्य(सूचीसहित)

काठमाडौं। पार्टी फुटपछि नेकपा एमालेको पहिलो केन्द्रीय समिति बैठक बिहीबार बस्दैछ। दुई दिनअघि तेस्रो धारका नेताहरूसहित बसेको स्थायी समिति बैठकले आजको बैठक तय गरेको हो। बैठकमा ‘तेस्रो धार’मा रहेका केन्द्रीय सदस्यहरू समेत सहभागी हुने छन्। लामो समयसम्म वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा रहेका नेताहरूले पार्टी विभाजन गर्ने उनको निर्णयमा साथ दिएनन्।

स्रोतका अनुसार यसअघि नेपाल पक्षमा रहेका एमालेका २० जना केन्द्रीय सदस्य एमालेतर्फ लागेको छन्। उनीहरू आज बस्न लागेको एमाले केन्द्रीय समिति बैठकमा सहभागी हुँदै छन्। एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार तुल्सीलाल स्मृति प्रतिष्ठानमा मध्यान्ह १२ बजेका लागि बैठक बोलाइएको छ। सर्वोच्च अदालतले पार्टी पुनःस्थापना गरेयता ती नेताहरू आज पहिलो पटक एमालेको बैठकमा सहभागी हुँदै छन्।

एमाले उच्च स्रोतले उपलब्ध गराएको सूचीअनुसार भानुभक्त जोशी, झपट रावल, राजबहादुर बूढा, ठाकुर गैरे, रवीन्द्र अधिकारीलगायत नेता एमालेमै रहने भएका हुन्। यस्तै, नीरज आचार्य, श्रीमाया थकाली, सीता गिरी ओली, माधव अर्याल, सुरेन्द्र मानन्धर पनि एमालेमै बस्ने भएका हुन्।

विज्ञापन

यसैगरी अरुण नेपाल, रचना खड्का, रविन कोइराला, परशुमेघी गुरुङ, जीवन घिमिरे, धर्म निरौला, यज्ञराज सुनुवार, नरेश खरेल, हरिबहादुर राई र भाष्कर काफ्ले पनि एमालेमै आबद्ध हुने भएका हुन्। नेपाल पक्षका अरू थप नेता पनि एमालेतिरै आउने क्रम जारी रहेको उच्च स्रोतले दाबी गरेको छ।

यसअघि मंगलबार मात्र लामो समय नेपाल पक्षमा रहेका भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, रघु पन्तलगायत १० नेता एमाले पुनःस्थापनायता पहिलो पटक पार्टीको स्थायी कमिटीमा सहभागी हुँदै एमालेमा एकताबद्ध भएका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार