होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • माधव समूहको बैठक चार घण्टादेखि जारी
राजनीति

माधव समूहको बैठक चार घण्टादेखि जारी

  • नागरिक रैबार
माधव समूहको बैठक चार घण्टादेखि जारी

नेकपा एमाले माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक चार घण्टादेखि जारी छ । बिहान सवा ११ बजेबाट सुरु भएको बैठक अहिलेसम्म जारी रहेको हो । नयाँ बानेश्वरको एक होटलमा जारी बैठकको सुरुमा यसअघि एमाले विवाद समाधान गर्न गठित कार्यदलका सदस्यहरुले तयार पारेको १० बुँदे एकता प्रस्तावबारे ब्रिफिङ गरेका छन् । त्यसपछि वरिष्ठ नेता माधवकुमार नेपालले धारणा राख्ने कार्यक्रम रहेको छ ।

नेता रघु पन्तले आजको बैठकमा पार्टी एकता कायम राख्ने सन्दर्भमा छलफल जारी रहेको बताए । माधव पक्षीय कार्यदलका सदस्यहरुले नेता नेपाललाई पार्टी एकताका लागि १० बुँदे सहमति कार्यान्वयन गर्न आग्रह गर्दै आएका छन् । तर नेता नेपाल कार्यदलको प्रस्तावमा आफुहरुले अघि सार्दै आएका मुद्दाहरु सम्बोधन नभएकाले त्यतिकै भरमा ओलीसँग एकता गर्ने पक्षमा देखिएका छैनन् । कार्यदलको १० बुँदे प्रस्तावपछि पनि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच टकराव कायमै छ ।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार