होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • सनाखतका लागि रेशम चौधरी निर्वाचन आयोगमा
राजनीति

सनाखतका लागि रेशम चौधरी निर्वाचन आयोगमा

  • नागरिक रैबार
सनाखतका लागि रेशम चौधरी निर्वाचन आयोगमा

काठमाडौँ — जनता समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरीलाई निर्वाचन आयोगमा झिकाइएको छ । सोमबार निर्वाचन आयोगले जसपा विवादबारे निर्णय सुनाउन लागेका बेला सनाखतका लागि चौधरीलाई डिल्लीबजार कारागारबाट निर्वाचन आयोगको कार्यालयमा झिकाइएको हो ।

आयोगले बहुमतका आधारमा पार्टीको आधिकारिकता दिन सनाखतको काम गरिरहेको छ । केन्द्रीय कार्यकारिणी समिति सदस्य रहेका चौधरी आफ्नो पक्षमा रहेको यादव पक्षले दाबी गरेको छ ।

आयोगको कार्यालयमा पुग्दै सञ्चारकर्मीहरुले प्रश्‍न सोधेपछि उनले नेताहरुसँग छलफल गरेर प्रतिक्रिया दिने बताएका छन् ।टीकापुर घटनामा मुख्य दोषी ठहर गर्दै अदालतले चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ ।

विज्ञापन

जसपाको ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति छ । बहुमत पुर्‍याउने पक्षलाई आयोगले आधिकारिकता दिँदै छ । जसपा केन्द्रीय कार्यकारिणी सदस्यको सनाखतका लागि ५ बजेसम्मकाे समय आयाेगले दिएकाे छ । अहिलेसम्म ५० जनाले सनाखत गरिसकेका छन् । रेशम चाैधरीले सनाखत गरेपछि निर्वाचन आयोगले निर्णय सुनाउने तयारी गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सघाएको जसपाको यादव पक्ष निर्वाचन आयोगबाट आधिकारिकता विवाद टुंगो लागेपछि सरकारमा जाने तयारीमा छ । यादव पक्षलाई पर्खंदा देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छैनन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार