होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ ६, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • ३० भन्दा बढी सांसद साथमा हुनेमा माधव नेपाल ढुक्क
राजनीति

३० भन्दा बढी सांसद साथमा हुनेमा माधव नेपाल ढुक्क

  • नागरिक रैबार
३० भन्दा बढी सांसद साथमा हुनेमा माधव नेपाल ढुक्क

काठमाडौं, । नेकपा एमाले औपचारिक विभाजनतर्फ बढिरहँदा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेताहरु सांसद तानातानमा व्यस्त हुन थालेका छन् । दुवै पक्ष बढीभन्दा बढी सांसद पक्षमा पार्न लागेका छन् ।

नेकपा एमालेको सुर्य चिन्हबाट निर्वाचित १२१ सांसद मध्ये ओली पक्षमा ८२ देखि ८५ छन् । माधवकुमार नेपाल पक्षमा २४ देखि २६ को बीचमा छन् । तटस्थ ११–१२ सांसद देखिएका छन् ।

नेपाल पक्षबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना स्थिर छन् । झलनाथ खनाल र तुलसा थापा पनि उनकै पक्षमा छन् र उनीहरु देशबाहिर रहेकाले मतदानमा सहभागी भएनन् । यरी माधव नेपाल पक्षमा २४ जना रहेका छन् । १० सांसद अरु जोडिने माधव पक्षको आँकलन छ ।

विज्ञापन

तटस्थ भूमिकामा रहेका भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, झपट रावल, यज्ञराज सुनुवारलगायत १२ जनामध्येबाट बढी भन्दा बढीलाई पक्षमा पार्न सकिनेतर्फ नेपाल समूह लागेको छ । नेपालले रावललाई भेटेर पक्षमा पार्न कोशिश गर्दै आएका छन् ।

रावल आफ्नो पक्षमा नआएपनि पछि नहट्ने अडानमा माधव नेपाल छन् । उनी पक्षीय नेताहरुले रावल ओलीको पक्षमा गएपनि ३० भन्दा बढी सांसद बनाउन सकिने वचन दिएका छन् ।

विश्वस्त स्रोतका अनुसार पार्टी फुट्ने अवस्थामा बामदेव गौतमले थप ५ देखि १० सांसद तान्न सक्ने विश्लेषण नेपाल पक्षमा भइरहेको छ । गौतमसँग लामो राजनीतिक सहकार्य गरेका नेताहरुले उनीसँग भेटघाट र परामर्श गर्दै आएका छन् । यसकारण पनि नेपाल ढुक्क छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार