होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • ओलीलाई रावलको प्रश्न : तपाईंको गुटलाई कानून नलाग्ने गोप्य अध्यादेश जारी भइसक्यो ?
राजनीति

ओलीलाई रावलको प्रश्न : तपाईंको गुटलाई कानून नलाग्ने गोप्य अध्यादेश जारी भइसक्यो ?

  • नागरिक रैबार
ओलीलाई रावलको प्रश्न : तपाईंको गुटलाई कानून नलाग्ने गोप्य अध्यादेश जारी भइसक्यो ?

काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री ओली र उनका गुटका मान्छेलाई सरकारी निर्णय लाग्दैन भन्दै प्रश्न गरेका छन्। सोमबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् लेख्दै रावलले कोरोनाबाट जोखिम अरुलाई भेला बैठक, समारोह नगर्न आग्रह गर्ने प्रधानमन्त्री र उनी निकटस्थहरू नै भेला, बैठक र समारोह गरिरहने भन्दै प्रश्न उठाएका हुन्।

उनले ट्वीटरमा लेखेका छन्, ‘प्रधानमन्त्री ओली गुटलाई सरकारी निर्णय लाग्दैन र ? कि उहाँको गुट सरकारी निर्णय र कानूनभन्दा माथि हुने कतै गोप्य अध्यादेश जारी भइसक्यो ? कानूनका सामु सबै बराबर होइन र ?’

देशमा कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गइरहेको छ। सरकारले २५ जनाभन्दा बढी मानिस भेला हुन नपाइने नियम ल्याएको भए पनि प्रधानमन्त्री ओली आफैँले धरहरा उद्घाटन, बालुवाटारमा भएको महाधिवेशन आयोजक कमिटीको बैठकमा सैयौंको संख्यामा उपस्थिति रहेको थियो।

विज्ञापन

कोरोनाबाट जोगिन अरूलाई भेला, बैठक, समारोह नगर्न भन्ने तर प्रम ओली र उहाँका निकटस्थहरू भेला, बैठक, समारोह गरिरहने, यो के हो ? प्रम ओली गुटलाई सरकारी निर्णय लाग्दैन र ? कि उहाँको गुट सरकारी निर्णय र कानूनभन्दा माथि हुने कतै गोप्य अध्यादेश जारी भइसक्यो ? कानूनका सामु सबै बराबर होइन र ?

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार