होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ५४ जिल्लाका ४३७ स्थानमा डढेलो
समाचार

५४ जिल्लाका ४३७ स्थानमा डढेलो

  • नागरिक रैबार
५४ जिल्लाका ४३७ स्थानमा डढेलो

काठमाडौं । काठमाडौं उपत्यकाको आकाशलाई शुक्रबार दिउँसोदेखि तुवाँलोले ढाकेको छ । उपत्यकाको चारैतिर रहेका जंगलमा डढेलो लागेका कारण आकाशमा यसरी धुवाँको तुवाँलो देखिएको हुनसक्ने डढेलो विज्ञ एवं नेपाल सरकारका उपसचिव सुन्दर शर्मा बताउँछन् ।

शर्माका अनुसार काठमाडौं उपत्यकाका चारैतिर जंगलमा डढेलो लागेको छ । शुक्रबार काठमाडौं उपत्यकाको आकाशमा देखिएको तुवाँलो सोही डढेलोका कारण निस्किएको धुवाँले गर्दा उत्पन्न भएको हुनसक्ने उनले बताए । शर्माका अनुसार विगत २४ घण्टामा नेपालका विभिन्न ५४ जिल्लाका ४३७ स्थानमा डढेलो लागेको छ ।

मार्च २६ का दिनलाई आधार मानेर शर्माले संकलन गरेको तथ्यांकअनुसार यो समयमा अहिलेसम्मकै सर्वाधिक डढेलो लागेको देखिन्छ । सन् २०१७ को मार्च २६ का दिन विभिन्न चार जिल्लाका ६ स्थानमा डढेलो लागेको थियो भने सन् २०१८ को सोही दिन १७ जिल्लाका ३८ स्थानमा डढेलो लागेको थियो ।

विज्ञापन

यस्तै, सन् २०१९ को मार्च २६ मा १६ जिल्लाका ५४ स्थानमा डढेलो लागेको थियो भने सन् २०२० को सोही दिन ४ जिल्लाका ७ स्थानमा डढेलो लागेको थियो ।

यो वर्ष अत्यधिक डढेलो लागेको उनले बताए । ‘पोहोर साल त्यति धेरै डढेलो लागेन, जमिनमा धेरै पात पतिङ्गर जम्मा भएर बसेको हुनसक्छ,’ उनले भने, ‘यो वर्ष हिमपात र वर्षा पनि कम भयो, जसले गर्दा जमिनका पात पतिङ्गर सुक्खा छ । त्यसमा आगोको झिल्को पर्दा आगो लाग्ने हो ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार