होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
समाचार

चितवन आइपुगे ओली

  • नागरिक रैबार
चितवन आइपुगे ओली

एमाले अध्यक्ष केपी शर्मा ओली बिहीबार चितवन आइपुगेका छन् । शुक्रबारदेखि एमालेको महाधिवेशन सुरु हुँदै गर्दा त्यसको एक दिनअघि ओली चितवन आइपुगेका हुन् ।

आज ओली सौराहास्थित अर्थलाइट होटलमा बुद्धिजीवीसँगको अन्तरक्रियामा सहभागी हुने कार्यक्रम रहेको स्थायी कमिटी सदस्य तथा महाधिवेशन मुल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले जानकारी दिए ।

यस्तै उनले महाधिवेशनस्थल, बन्दसत्रहललगायतको अवलोकन समेत गर्ने कार्यक्रम बनाइएको छ । यस्तै एमालेका अन्य नेता तथा महाधिवेशन प्रतिनिधिहरू पनि चितवनमा आउने क्रम सुरु भएको छ । एमालेको १० औं महाधिवेशनको उद्घाटन शुक्रबार साढे १२ बजे नारायणी किनारमा गर्ने कार्यक्रम रहेको छ भने बन्दसत्र सौराहामा सञ्चालन गरिनेछ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार