होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रथम महिला प्रधानमन्त्री बनेको एक घन्टामै राजीनामा
समाचार

प्रथम महिला प्रधानमन्त्री बनेको एक घन्टामै राजीनामा

  • नागरिक रैबार
प्रथम महिला प्रधानमन्त्री बनेको एक घन्टामै राजीनामा

एजेन्सी, ९ मंसिर । उनी स्वीडेनकी प्रथम प्रधानमन्त्री नियुक्त भइन् । तर, नियुक्तिको एक घन्टामै राजीनामा दिइन् ।मागडालेना एन्डरसन बुधबार आफ्नो पार्टी सोसियल डेमोक्रयाटको नेता बन्दै प्रधानमन्त्री नियुक्त भएकी थिइन् । गठबन्धनको अर्को दल ग्रिन्स पार्टीले बजेट अस्वीकार गर्दै समर्थन फिर्ता लियो । बजेट पारित हुन नसकेपछि एन्डरसनले राजीनामा दिइन् ।

एन्डरसनले राजीनामा दिएपछि स्वीडेनमा नयाँ सरकार गठनको अर्को प्रक्रिया बढ्ने भएको छ ।तर, स्वीडेनको प्रथम महिला प्रधानमन्त्री बन्दै एन्डरसनले इतिहास रचेकी छिन् । स्वीडेनमा महिलाले मताधिकार पाएको एक सय वर्षपछि पहिलोपटक महिला प्रधानमन्त्री बनिन् ।

५४ वर्षीया एन्डरसन पूर्व पौडी च्याम्पियन हुन् । उनी उपसला विश्वविद्यालयमा अध्ययन गरी सन् १९९६ मा राजनीतिमा आएकी हुन् । एन्डरसन सन् १९९६ मा स्वीडेनका प्रधानमन्त्री गोरान परसनको राजनीतिक सल्लाहकार थिइन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार