होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • समीक्षासँगको बिषयमा पलले भने, ‘चित्त दुखाएको छु भने माफी माग्दछु’
मनोरञ्जन

समीक्षासँगको बिषयमा पलले भने, ‘चित्त दुखाएको छु भने माफी माग्दछु’

  • नागरिक रैबार
समीक्षासँगको बिषयमा पलले भने, ‘चित्त दुखाएको छु भने माफी माग्दछु’

अभिनेता पल शाहले गायिका समीक्षा अधिकारीसँगको सम्बन्धको विषयमा पछिल्लो समय मिडियामा आएको समाचारले आफूलाई दुःखी बनाएको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै गायिका अधिकारीसँगको आफ्नो मित्रता र सहकार्य गलत रुपमा समाचारमा प्रयोग भएको बताएका छन् । आफ्नो र समीक्षाको बिषयमा आएको समाचारले आफूलाई माया गर्ने दर्शक समेत दुखी भएको उनको भनाई रहेको छ ।

‘मैले सँधै दर्शक श्रोता मेरो घर अनि मिडियालाई आफ्नो परिवार मानेको छु र सदैव मानिरहने छु । यहि घरपरिवारको माया, आशीर्वाद र शुभेच्छाको कारणले गर्दा नै म यहाँसम्म आइपुगेको हो’ उनले अगाडि भनेका छन्, ‘मैले जानेर नजानेर कसैको चित्त दुखाएको छु भने म यसै पोस्टमार्फत हार्दिक माफी माग्दछु ।’ उनले व्यक्त्तिगत प्रतिष्ठा र चरित्र हत्या हुने गरि समाचार नबनाई दिनुहुन मिडियालाई अनुरोध समेत गरेका छन् ।

‘अरु कलाकारहरूसँग जस्तै र अरुले जस्तै सांगीतिक सहकार्य गायिका समिक्षा अधिकारीसँग पनि भएको कुरा यहाँहरुलाई विदितै छ । हुँदै नभएका, गर्दै नगरिएका, बिना आधारका कुराहरुलाई गसिप बनाएर एउटा कलाकार र उसको व्यक्त्तिगत जीवनमाथि आँंच आउँने किसिमले लेखिएका झुटा समाचारहरूले मलाई अत्यन्तै दुःखी बनाएको छ’ उनले अगाडि ‘यसरी कसैको व्यक्तिगत प्रतिष्ठा र चरित्र हत्या हुने गरि बदनाम गर्ने गरि समाचार नबनाई दिनुहुन सम्पूर्ण मिडियाकर्मी ज्यूहरुलाई हार्दिक अनुरोध गर्दछु ।’

विज्ञापन

आइतबार लिसँगको समाचारको बिषयमा गायिका समीक्षा अधिकारीले पनि एक स्पष्टीकरण सार्वजनिक गरेकी थिइन् ।

यस्तो छ पलको स्टाटस
नमस्कार,
देश विदेशमा रहनुभएका सम्पुर्ण मेरा दर्शक श्रोता ज्युहरुमा हार्दिक सम्मान अनि धेरै माया । विगत केही दिनदेखि मेरो र गायिका समिक्षा अधिकारीको बिषयमा आइरहेका समाचारबाट म लगायत मेरो परिवार अनि मलाई माया गर्नुहुने सिङ्गो दर्शक दिर्घ नै दुखी बनेको महशुस हामीले गरेका छौ ।

जुनसुकै क्षेत्रमा काम गर्दा पनि केही व्यक्ति समूह कहि न कहिँ कुनै न कुनै प्रकारले नजिक हुने गर्छ । यो हामी सबैलाई थाहा भएकै कुरा हो । मेरो पेशा र विधाका कारण म धेरै मान्छेहरूसँग सहकार्य गर्नुपर्ने हुन्छ र मसँग जोडिनु हुने मेरा अग्रज, अनुज र सहकर्मीहरुमाझ मैले सदैब आफुलाई सहज र सहयोगी तवरले प्रस्तुत गरिरहेको हुन्छु ।

अरु कलाकारहरूसँग जस्तै र अरुले जस्तै साङ्गीतिक सहकार्य गायिका समिक्षा अधिकारीसँग पनि भएको कुरा यहाँहरुलाई विदितै छ । हुँदै नभएका, गर्दै नगरिएका, बिना आधारका कुराहरुलाई गसिप बनाएर एउटा कलाकार र उसको व्यक्तिगत जीवनमाथि आँच आउने किसिमले लेखिएका झूटा समाचारहरूले मलाई अत्यन्तै दुःखी बनाएको छ । यसरी कसैको व्यक्तिगत प्रतिष्ठा र चरित्र हत्या हुने गरि बदनाम गर्ने गरि समाचार नबनाई दिनुहुन सम्पूर्ण मिडियाकर्मीज्युहरुलाई हार्दिक अनुरोध गर्दछु ।

मैले सँधै दर्शक श्रोता मेरो घर अनि मिडियालाई आफ्नो परिवार मानेको छु र सदैव मानिरहने छु । यहि घर परिवारको माया, आशीर्वाद र शुभेच्छाको कारणले गर्दा नै म यहाँसम्म आइपुगेको छु । मैले जानेर नजानेर कसैको चित्त दुःखाएको छु, भने म यसैपोस्ट मार्फत हार्दिक माफी माग्दछ ।

गायिका समिक्षा अधिकारी र मेरो बीचमा भएको मित्रता र सहकार्यलाई अन्य अन्य तथानम शीर्षक दिएर सिङ्गो पत्रकारिता लाई पनि बदनाम गर्ने र हाम्रो चरित्र हत्या हुने कार्य नगरिदिनुहोला । धन्यवाद

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार