होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • विचित्र संसार
  • बच्चा बाजी कुप्रथा : जहाँ बालकमाथि गरिन्छ यौन दुर्व्यवहार
विचित्र संसार

बच्चा बाजी कुप्रथा : जहाँ बालकमाथि गरिन्छ यौन दुर्व्यवहार

  • नागरिक रैबार
बच्चा बाजी कुप्रथा : जहाँ बालकमाथि गरिन्छ यौन दुर्व्यवहार

८ भदौ, काठमाडौं । हामीकहाँ बालिका, युवती तथा महिलाहरुमाथि यौन दुर्व्यवहार तथा बलात्कार हुने क्रूर तथा अमानवीय घटनाहरु भइरहेका हुन्छन् । कतिपय प्रथा तथा परम्पराहरु महिलाद्धेषी छन् र त्यसमा महिलामाथि दुर्व्यवहार पनि गरिन्छ ।

तथापि पुरुषहरुमाथि दुर्व्यवहार तथा यौनहिंसा हुने त्यस्तो कुनै सांस्कृतिक परम्परा हामीकहाँ छैन । हालैमात्र तालिवानले कब्जा जमाएको दक्षिण एसियाली मुलुक अफगानिस्तानमा भने स-साना बालकहरुमाथि यौन दुर्व्यवहार गर्ने एउटा सांस्कृतिक कुप्रथा नै छ । त्यसको नाम हो बच्चा बाजी ।

 

विज्ञापन

तीव्र आलोचना तथा विरोधका बाबजुत पनि परम्परावादी अफगानी समाजमा यो प्रथा चलिरहेको छ । बच्चा बाजी एउटा यस्तो कुप्रथा हो जसमा समाजका शक्तिशाली मानिसहरुले १० वर्ष उमेर आसपासका बालकहरुलाई पार्टीमा नचाउँदछन् ।

बालकहरुलाई केटीले लगाउने खालका कपडा लगाइदिनुका साथै श्रृंगारपटार पनि गरिन्छ । बालकहरुलाई नचाउने मात्र नभई उनीहरुमाथि पुरुषहरुले नै यौन शोषण तथा बलात्कार समेत गर्दछन् । नाचेको बदलामा उनीहरुलाई केवल कपडा र खानेकुरा मात्र दिइन्छ ।

यो प्रथामा केवल कम उमेरका बालकहरुमात्र होइन महिलाहरुमाथि पनि दुर्व्यवहार गरिन्छ । जो बच्चाहरु बच्चा बाजी पार्टीमा आएर नाच्दछन् उनीहरुमध्ये अधिकांश गरीबीको कारण त्यहाँ आउन बाध्य भएका हुन्छन् । धन कमाउने र सुखी जीवन जिउने सपनामा त्यसरी यौन दुर्व्यवहार खप्न बाध्य बालकहरुमध्ये कतिपयको त अपहरण नै हुन्छ र धनाढ्यहरुलाई बेचिन्छ । धनीहरुले बालक खरीद गरिसकेपछि आफ्नो इच्छा अनुसार प्रयोग गर्दछन् ।

समलैंगिकतालाई गैर इस्लामिक तथा अनैतिक मानिने अफगानिस्तानमा पुरुषहरुले बालकहरुमाथि गर्ने यस्तो यौनशोषणको प्रथा भने चलिरहेको छ ।

यो प्रथाका विषयमा सन् २०१० मा द डान्सिङ ब्वायज अफ अफगानिस्तान शीर्षकको वृत्तचित्र बनेको छ । अफगानी पत्रकार नजिबुल्लाह कुरेसीले उक्त वृत्तचित्र निर्देशन गरेका हुन् ।

एजेन्सीको सहयोगमा

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार