होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • उपत्यकामा राति ८ बजेपछि पनि गाडी चलाउन पाइने
समाचार

उपत्यकामा राति ८ बजेपछि पनि गाडी चलाउन पाइने

  • नागरिक रैबार
उपत्यकामा राति ८ बजेपछि पनि गाडी चलाउन पाइने

८ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा राति ८ बजेपछि सवारी साधन सञ्चालनमा लगाइएको रोक हटेको छ ।काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबारको बैठकले निजी तथा सार्वजनिक सवारी साधनलाई ८ बजेसम्म गन्तव्यमा पुगिसक्नुपर्ने गरी यसअघि गरेको व्यवस्था हटाएको हो ।

साउन २८ गतेदेखि भदौ ८ गतेसम्मको निषेधाज्ञाको आदेशमा उपत्यकाका जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा, ढुवानीका साधन र उपत्यका प्रवेश गर्ने सवारी साधन बाहेकका अन्य निजी एवं सार्वजनिक सवारी साधन बेलुका ८ बजेभित्र गन्तव्यमा पुगिसक्नुपर्ने उल्लेख थियो ।

भदौ ८ देखि १६ गतेसम्मको निषेधाज्ञामा भने यो व्यवस्था हटाइएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले बताए । रातिको समयमा मात्र सवारी साधन सञ्चालनमा गरिएको कडाइले कोरोना महामारी नियन्त्रण नहुने भन्दै प्रशासनको आदेशको आलोचना भएको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार