होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • बाइक लभर्स अनमोल
मनोरञ्जन

बाइक लभर्स अनमोल

  • नागरिक रैबार
बाइक लभर्स अनमोल

बजारमा आएका महंगा, सहज र आकर्षक बाइकमा लामो यात्रा गर्ने रहर धेरैलाई हुन्छ । यस्तै, रहर नायक अनमोल केसीलाई पनि छ । यसअर्थमा, अनमोल बाइक लभर्स हुन् । आज भन्दा १२ बर्ष अगाडि अनमोलले यमहा फेजर बाइक लिएका थिए । यो बाइक अनमोलसँग आज पनि छ । उनी भन्छन्–‘मलाई बाइक त बेच्नै मन लाग्दैनँ । म बाइक कलेक्शन गर्न चाहन्छु । यसैले, १२ बर्ष अगाडि किनेको बाइक पनि आज मसँगै छ ।’

यसपछि, अनमोलले बजारमा निक्कै चर्चा पाएको बेनेली बाइक किने । यो बाइकको त उनी ब्रान्ड एम्ब्यासडर पनि थिए । यो बाइकमा अनमोलले लामो यात्राहरु गरेका छन् । अनमोलले चलचित्र ‘कृ’मा काम गर्ने समयमा डुकाटी मोनस्टर पनि किनेका थिए । अनमोलले यो बाइक खरिद गर्दा बजारमा निक्कै ठूलो चर्चा भयो । ३ साता अगाडि मात्र अनमोलले जावाको क्लासिक बाइक किनेका छन् ।

 

विज्ञापन

आजसम्म ४ वटा बाइक किनिसकेका अनमोलले केही महिना अगाडि कार समेत किनेका थिए । तर, अनमोल आफूलाई कार भन्दा पनि बाइक लभर्स भन्न रुचाउँछन् । उनले भने–‘मलाई कार चढ्दा चलचित्र हेरे जस्तो लाग्छ । तर, बाइकमा यात्रा गर्दा आफैले चलचित्रको पात्रको जिन्दगी बाँचेको जस्तो लाग्छ ।’

अनमोलले जावाको क्लासिक बाइक किनेपछि रारासम्मको यात्रा गरे । साथीहरुसँग नेपालगञ्ज हुँदै रारा पुगेर फर्किएका अनमोल अझै पनि आफूलाई बाइकमा लामो यात्रा गर्ने रहर बाँकी नै रहेको सुनाउँछन् ।

अनी, कार कस्तो बेलामा चढ्नुहुन्छ त, अनमोलले भने–‘म चलचित्रको छायांकनको समयमा कार प्रयोग गर्छु । पानी परेको समयमा बाहिर निस्कदा कार मै हिड्छु । यस्तै, जाडो मौसममा पनि कार लिएर हिड्ने मेरो बानी छ ।’

अनमोल आफूले बाटोको अवस्था हेरेर बाइक कुदाउँने बताउँछन् । भने–‘म बाइक स्पिड नै कुदाउँछु । तर, सुरक्षाका विभिन्न सामाग्रीहरु प्रयोग गरेको बेलामा म स्पिडमा बाइक कुदाउँछु । अरु बेलामा सामान्य नै हो ।’

अनमोल केसी नेपाली चलचित्रका सर्वाधिक महंगा नायक हुन् । एउटै, चलचित्रबाट ५० लाखसम्म पारिश्रमिक लिने यी नायक विज्ञापन बजारबाट पनि निक्कै राम्रो कमाउँछन् । लकडाउनको समयमा चलचित्र नभएपनि अनमोलसँग महंगा विज्ञापन हातमा छन् । अनमोल भन्छन्–‘मैले चलचित्र नभएको बेलामा टीभीसीबाट आम्दानी गर्छु । साथै, आफूले साइन गरेका चलचित्रबाट पनि कमाइरहेको हुन्छु ।’

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार