होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • विज्ञान
  • पृथ्वीबारे नयाँ रहस्य : हिउँको खाल्डोमा भेटियो अहिलेकोभन्दा फरक पृथ्वीको अवस्था
विज्ञान

पृथ्वीबारे नयाँ रहस्य : हिउँको खाल्डोमा भेटियो अहिलेकोभन्दा फरक पृथ्वीको अवस्था

  • नागरिक रैबार
पृथ्वीबारे नयाँ रहस्य : हिउँको खाल्डोमा भेटियो अहिलेकोभन्दा फरक पृथ्वीको अवस्था

करोडौँ वर्षदेखि हिउँले पुरिएको ग्रिनल्यान्डमा एउटा विशेष प्रयोजनले लगभग १५, १६ सय मिटर गहिरो खाल्डो खनिएको थियो । त्यो खाल्डो खन्ने क्रममा दिमाग रन्थन्याउने सामग्री प्राप्त भएका छन् । खाल्डोको गहिरो स्थानबाट वैज्ञानिकलाई जीवाश्मका रुपमा परिणत भएको रुख बिरुवाका हाँगा, पात प्राप्त भएका छन् ।

झण्डै ५५ वर्षअघि परमाणु बम लुकाउने उद्देश्यले ग्रिन ल्यान्डको हिउँमा यो खाल्डो खनिएको थियो । खाल्डोबाट प्राप्त जीवाश्मको अध्ययनबाट वैज्ञानिकहरुलाई करोडौँ वर्ष पहिले यो स्थान हिउँले ढाकिएको नभएर सुक्खा थियो भन्ने अनुमान लाउने सहज भएको छ ।

युनिभर्सिटी अफ वेरमोन्टका वैज्ञानिकले यस खोज अनुसन्धानलाई विस्मयकारीको संज्ञा दिएका छन् । ग्रिनल्यान्ड करोडौँ वर्षदेखि हिउँमा ढाकिएको भए पनि यहाँ प्राप्त भएका जीवाश्म हेर्दा यी हिजो अस्ति मात्रै हिउँमा दबिएर मरेका जस्ता देखिन्छन् ।

विज्ञापन

आइसकोरको यो खाल्डो खन्ने काम अमेरिकी सेनाले सन् १९६६ मा गोप्य रुपले गर्न लाएको थियो । यो प्रोजेक्टलाई त्यसबेला प्रोजेक्ट आइसवर्म नाम दिइएको थियो । यो खाडल खन्नुको उद्देश्य भने सोभियत सङ्घबाट जोगाएर यहाँ सयौँ परमाणु बम लुकाएर राख्नु थियो ।

यी जीवाश्म फेलापरेपछि के स्पष्ट हुन आयो भने पृथ्वीको यो उत्तरी भूभागमा कुनै समय जङ्गल नै जङ्गल रहेको थियो । साथै यस खोजबाट वैज्ञानिकहरुलाई ‘आइस सिट’ बन्ने प्रक्रिया उनीहरुले सोचेको जलवायु परिवर्तनसम्बन्धी धारणाभन्दा अझै व्यापक गहिरो र संवेदनशील छ भन्ने थाहा हुन आयो । यस अनुसन्धानपछि शोधकर्ताले ग्रिनल्यान्डको हिउँ पग्लियो भने संसारका धेरै सामुद्रिक तटमा रहेका सहर डुब्नेछन् भनेर चेतावनीसमेत दिएका छन् ।

ग्रिनल्यान्डको हिउँ पग्लिए भने अहिले भएको समुद्रको स्तर बीस फिटभन्दा धेरै बढ्नेछ । यसबाट न्युयोर्क, मायामी, ढाका जस्ता ठूला सहरहरु डुब्नेछन् । यस खोजबाट वैज्ञानिकहरु यो हिउँ कहिलेसम्म पग्लन सक्छ भनेर पत्ता लगाउन सक्ने अवस्थामा पनि पुगेका छन् ।

स्रोत : https://www.cnet.com/

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार