होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • एटलान्टासँग लिग लिडर एसी मिलान पराजित, इन्टर रोकियो
खेलकुद

एटलान्टासँग लिग लिडर एसी मिलान पराजित, इन्टर रोकियो

  • नागरिक रैबार
एटलान्टासँग लिग लिडर एसी मिलान पराजित, इन्टर रोकियो

११ माघ, काठमाडौं । इटालियन सिरी ए को लिग लिडर एसी मिलान एटलान्टासँग स्तब्ध बनेको छ । शनिबार राति भएको खेलमा मिलान घरेलु मैदानमै एटलान्टासँग ३-० ले पराजित भएको हो ।

यस्तै अर्को खेलमा दोस्रो स्थानको इन्टर उडीनेसीसँग गोलरहित बराबरीमा रोकेको छ । इन्टरले बराबरीले एसी मिलानलाई केही फाइ भएपनि अग्रता बढाउने अवसर हारपछि गुमाएको छ ।

 

विज्ञापन

उता इन्टरले भने एसी मिलानको हारको फाइदा उठाउन सकेन । इन्टरले जित हात पारेको भए मिलानसंग अंक बराबरी गर्ने थियो ।

एसी मिलानलाई उसैको मैदानमा पारजित गर्न एटलान्टाका लागि क्रिस्टियन रोमेरोले २६औं, जोसेफ इलिसिसले ५३औं र डान जापाट्टाले ७७औं मिनेटमा गोल गरे ।

हारपछि पन १९ खेलबाट ४३ अंकसहित एसी मिलान शीर्ष स्थानमा यथावत छ । एटलान्टा १९ खेलबाट ३६ अंक जोड्दै चौथो स्थानमा उक्लेको छ ।

बराबरीपछि इन्टर १९ खेलबाट ४१ अंकसहित दोस्रो स्थानमै यथावत छ ।

यस्तै स्पेजियालाई ४-३ ले पराजित गर्द ३७ अंक जोडेको रोमा तेस्रो स्थानमा उक्लेको छ । नापोली पाँचौं र युभेन्ट्स छैटौं स्थानमा झरेका छन् ।

नापोली र युभेन्ट्सले अन्य टोलीभन्दा २ खेल कम खेलेका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार