होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • ‘झिंगे दाउ’पछि आँचलको नयाँ फिल्म कुन ?
मनोरञ्जन

‘झिंगे दाउ’पछि आँचलको नयाँ फिल्म कुन ?

  • नागरिक रैबार
‘झिंगे दाउ’पछि आँचलको नयाँ फिल्म कुन ?

काठमाडौं । केही दिनअघि काठमाडौंमा आयोजित एक कार्यक्रममा गायक आशिष सचिनले नायिका आँचल शर्मासँग चलचित्रमा अभिनय गर्न चाहेको बताए । आँचलसँग केही भिडियोमा काम गरेका आशिष उनको काम गर्ने शैलीबाट प्रभावित भएको बताउँछन् ।

म्युजिक भिडियोमा महंगो लगानी गर्दै आएका आशिषले आफ्नो चलचित्रमा आँचल नै नायिका हुने बताएका छन् । आशिषले नयाँ चलचित्र कहिलेबाट शुरु गर्छन्, त्यो भने बताएका छैनन् ।

नायिका आँचल शर्माले लकडाउन अगाडि चलचित्र ‘झिंगे दाउ’मा काम गरेकी थिइन् । यो चलचित्रपछि आँचलले नयाँ चलचित्र साइन गरेकी छैनन् । तर, उनले चलचित्रमा काम गर्न लागेको विषयमा समाचार भने सार्वजनिक नभएका होइनन् ।

विज्ञापन

आँचल आफैंले पनि चलचित्र निर्माण गर्न लागेको खबर बाहिरिएको थियो । निर्देशक मिलन चाम्सलाई लिएर उनले चलचित्र बनाउन लागेको र यो चलचित्रका लागि नायक प्रदीप खड्कालाई अफर गरिएको भने खबर सार्वजनिक भएको थियो ।

मिलन र आँचलको चलचित्र निर्माण हुनका लागि पनि केही समय लाग्नेछ । तत्काल भने आँचलको हातमा चलचित्र छैन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार