होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ३० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक
समाचार

३० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

  • नागरिक रैबार
३० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

काठमाडौं– नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले सात दिन अवधिको रिपो जारी गर्न लागेको हो ।

बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्छ । वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले यही असोज १४ गते परिपक्व हुने रिपो बोलकबोलमार्फत खरिद गर्न सक्नेछन् ।

यसअघि नेराबैंकले गत भदौ १७ गते सात दिन अवधिको २० अर्ब, २४ गते १४ दिनको  ३० अर्ब र भदौ ३१ गते  २० अर्ब रिपोमार्फत रकम उपलब्ध गराएको थियो । तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तरबैंक सापटी, स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्छन् । तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले अन्तरबैंक सापटी पाउन छाडेको देखिन्छ । बैंक तथा वित्तीय संस्थाले नियमितरुपमा एसएलएफ सुविधा लिने गरेका छन् ।

विज्ञापन

राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाले चालु आवमा बुधबारसम्म ४ खर्ब ९ अर्ब ५६ करोड एसएलएफमार्फत उठाएका छन् । बैंक वित्तीय संस्थाले बुधबार मात्र १२ पटकमा  २७ अर्ब २४ करोड एसएलएफमार्फत उठाएको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।पालिका खबरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार