होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘ओलीसँग एकताको सम्भावना छैन’
समाचार

‘ओलीसँग एकताको सम्भावना छैन’

  • नागरिक रैबार
‘ओलीसँग एकताको सम्भावना छैन’

काठमाडौँ, भदौ ७ । प्रस्तावित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का नेता डा विजय पौडेलले नेकपा (एमाले)सँग तत्काल कुनै पनि कार्यगत वा पार्टी एकताको सम्भावना नभएको बताएका छन् ।

नेता पौडेलले माधवकुमार नेपालको नेतृत्वमा एमालेमा गरिएको विद्रोह वैचारिक र कार्यशैलीगत समेत रहेको चर्चा गरे। उनले भने, “लोकतन्त्र सिध्याउने प्रपञ्चसहित दुईरदुई पटक संसद् विघटन र कम्युनिस्ट आन्दोलनसमेत समाप्त पार्ने गतिविधि केपी शर्मा ओलीबाट भयो । त्यसविरुद्ध विद्रोहको झण्डा उठाएका हौँ ।”

आधारभूत तहका जनतालाई बजेट तथा कार्यक्रममार्फत सम्बोधन गरी समाजवादी बाटोमा मुलुकलाई लैजानुपर्छ भन्ने पार्टीको सल्लाह लत्याएर पुँजीवादी बाटो अँगालेको, भ्रष्टाचारमा डुबेको र केही निजी क्षेत्रलाई राज्यको सम्पत्ति जिम्मा लगाउने कार्य गरेकाले विद्रोह अनिवार्य भएकोसमेत उनको भनाई रहेको छ ।

विज्ञापन

एमालेसँग तत्काल कार्यगत वा पार्टी एकतासमेत सम्भव नभएको बताउँदै उनले एमाले अध्यक्ष ओलीविरुद्धको मोर्चामा सहभागी एमालेका नेताहरू अहिले १० बुँदेको अलमलमा परेको बताए ।

यस्तै सांसद मेटमणि चौधरीले संसद् विघटनलगायत संविधान विरोधी कार्यप्रति आत्मआलोचनासहित सार्वजनिक रूपमा अध्यक्ष ओलीले क्षमा मागेको अवस्था र सर्वोच्च अदालतको फैसलाअनुसार एमालेका पूर्ववत् सङ्गठन संरचना पूर्ण रूपमा जीवित बनाएको खण्डमा पुनः एकता सम्भव भए पनि त्यो कार्य अध्यक्ष ओलीबाट नहुने ठोकुवा गरे ।

एमालेसँग तत्कालको अवस्थामा एकता नहुने बरु कम्युनिस्ट आन्दोलनको पुनर्गठनतिर लाग्ने उहाँले बताउनुभयो । बरु नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालसँग सहकार्य, कार्यगत एकता हुँदै पार्टी एकतासम्म नै जान सकिने चौधरीको भनाई छ। गोरखापत्र दैनिकबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै