होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • नयाँ पार्टी दर्ता गरेका राईले भने-माधव नेपालसँग जोड्न जरुरी छैन
राजनीति

नयाँ पार्टी दर्ता गरेका राईले भने-माधव नेपालसँग जोड्न जरुरी छैन

  • नागरिक रैबार
नयाँ पार्टी दर्ता गरेका राईले भने-माधव नेपालसँग जोड्न जरुरी छैन

निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) नामक पार्टी दर्ताका लागि निवेदन दिएका एमाले निकट अनेरास्ववियुका पूर्वनेता जीवन राईले पार्टीमा २५ सदस्यीय कार्यसमिति रहेको बताएका छन् । जसको अध्यक्ष आफू रहेकाे बताउँदै उनले पार्टी दर्ताको प्रक्रियामा रहेकाे बताए ।

‘मैले निर्वाचन आयोगमा एक महिना अघि नै पार्टी दर्ताका लागि निवेदन दिएको हुँ’, राईले  भने, ‘४५ दिनपछि दर्ता प्रमाणपत्र लिन आउनु भनेर आयोगले भनेको छ ।’

उनले आफ्नो पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) रहेको बताए । ‘नेपाल कम्युनिस्ट पार्टी एकीकृत पार्टीको नाम हो । कलम चुनाव चिन्ह छानेको छु’, राईको भनाई छ ।

विज्ञापन

राईले कतिपयले एमालेको माधव नेपाल समुहको निर्देशनमा पार्टी दर्ता गरेको भनेर आशंका गरेपनि आफूले स्वतन्त्र ढंगले गरेको दावी गरे ।

‘म अनेरास्ववियुबाट विदा भएपछि पार्टीले जिम्मेवारी दिएको थिएन । त्यसैले खाली बस्नुभन्दा पार्टी दर्ता गरौँ भन्ने सोचेर दर्ता प्रक्रियामा गएको हुँ । माधव नेपालसँग यसबारे जोड्न जरुरी नै छैन’, राईको भनाइ छ ।
उनी नेपाल पक्षका युवा नेता हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै