होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • ‘हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन्’
Breaking News

‘हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन्’

  • नागरिक रैबार
‘हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन्’

काठमाडौँ — विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवालाई नख्खु जेलमा कोच्ने चेतावनी दिएका छन् ।

 

सोमबार काठमाडौंको शान्ति वाटिकामा प्रतिनिधिसभा भंग गर्ने प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले आफ्नो पार्टी सरकारमा पुग्नेबित्तिकै ओली र देउवालाई अख्तियार र सर्वोच्च अदालतमा लगेर उपचार गर्ने बताए ।

विज्ञापन

‘बालुवाटारबाट बालकोट जाने नेतालाई हामी सबभन्दा पहिला अख्तियार र सर्वोच्चमा उपचार गर्छौं, त्यसपछि आराम गर्न नख्खु जेलको चौरमा पु‍र्‍याउँछौं,’ उनले भने, ‘जेलको चौरमा जिन्दगीभर उहाँहरूले आराम गरेर बिताउनुहुनेछ ।’ अध्यक्ष मिश्रले अगाडि भने, ‘ढिलो-चाँडो हामी यो देशको नेतृत्वमा पुग्छौँ, पुग्छौँ। त्यसपछि हामी ‘राष्ट्रघाती रोग’ लागेकाहरूलाई अख्तियार र सर्वोच्चमा उपचार गर्छौँ र बाँकी जीवन नख्खु कारागारमा आराम गर्न पठाउँछौँ। त्यहाँ बालकोट, बूढानीलकण्ठ र खुमलटारका नेताहरू पनि हुनेछन्।’

आफ्नो पार्टी देशभक्तिको धरातलमा उभिएकाले संख्यामा सानो भए पनि एजेन्डामा अग्रणी रहेको उनको भनाइ थियो । दलीय भागबन्डाका कारण सर्वोच्चमा पार्टीका कार्यकर्ता पुग्ने गरेको भन्दै उनले न्यायालयमाथि नै कालो पोतिएको बताए ।

राज्यका हरेक निकाय पार्टीका भागबन्डामै गाँजिएकाले देशले दुःख पाएको बताउँदै उनले समतामूलक समृद्धिका लागि नागरिकले मन र मत परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार