होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पत्रकार महासंघको चुनावी गर्मी बढ्यो, नेतृत्वको लागि प्रेस युनियन आक्रमक !
समाचार

पत्रकार महासंघको चुनावी गर्मी बढ्यो, नेतृत्वको लागि प्रेस युनियन आक्रमक !

  • नागरिक रैबार
पत्रकार महासंघको चुनावी गर्मी बढ्यो, नेतृत्वको लागि प्रेस युनियन आक्रमक !

धनगढीः नेपाल पत्रकार महासंघको चैत २५ गते हुने निर्वाचनको तालिका सार्वजनिक भएसँगै सुदूरपश्चिम प्रदेशमा चुनावी सरगर्मी बढेको छ।

पत्रकारका विभिन्न संघ संगठन तथा पत्रकारहरु आ–आफ्नो पक्षमा माहोल सिर्जना गर्न चुनावी गतिविधिमा संक्रिय भएका हुन्। नेपाली काँग्रेस निकट प्रेस युनियन, नेकपा एमाले निकट प्रेस चौतारी, नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टरलगायत संगठनले आ–आफ्नो क्रियाशीलता बढाएका छन्। प्रेस चौतारीभित्र पनि ओली र माधव समूहले पनि छुट्टा छुट्टै दौडधुप बढाएका छन्।

यसैबीच प्रेस युनियनले सुदूरपश्चिममा आफ्नो गतिविधि तीव्र पारेको छ। प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले निर्वाचन केन्द्रित रणनीतिक भेलालाई तीव्रता दिएका छन्।

विज्ञापन

युनियनका अध्यक्ष सिग्देलले शनिबार मात्रै कैलाली जिल्लामा आयोजित रणनैतिक भेलालाई सम्बोधन गरेका थिए। सुदूरपश्चिम प्रदेश समिति तथा जिल्ला तहमा आफ्नै नेतृत्वमा निर्वाचनमा जाने रणनीति प्रेस युनियनको छ। त्यसै अनुरुप अरु संगठनहरुसँग चुनावी तालमेलको रणनीति बनाउँनमा लागेको हो। तर केन्द्रीय समिकरणको पर्खाइमा रहेको बताइएको छ।

महासंघको प्रदेश समिति महासचिव समेत रहको प्रेस युनियनका नेता योगेश रावल भन्छन्, “सकेसम्म सबै तहमा युनियनकै नेतृत्व हुने गरि अन्य संगठनसँग चुनावी तालमेल हुन्छ।”

खासगरि प्रेस युनियनले प्रेस चौतारीभित्रको ओली समूहसँग चुनावी तालमेल गर्न सक्ने आकलन गरिन थालिएको छ। साविक नेकपा फुटेपछि नेकपा एमाले र माओवादी पुरानै स्वरुपमा ब्युँतिएको र एमालेभित्र पनि २ समूह भएपछि त्यसको प्रत्यक्ष असर त्यस निकटका संगठनमा देखिएको हो। जसको भरपुर मौकाको सदुपयोगको रणनीतिमा काँग्रेस निकट प्रेस युनियन लागेको छ।

सुदूरपश्चिममा राम्रो पकड बनाएको प्रेस युनियनसँग अन्य संगठनहरुले सहकार्यको लागि गृहकार्यमा जुटेका छन्।

प्रेस चौतारी (ओली समूह)का सुदूरपश्चिम इन्चार्ज हेमन्त पौडेलले भने, “केन्द्रकै समिकरण अनुसार अगाडि बढ्ने हो। हाम्रो र युनियनबीच तालमेलको सम्भावना बढी छ। हामी त्यसैमा लागेका छौ।”

प्रेस सेन्टरका सुदूरपश्चिम अध्यक्ष रामसिंह ठगुन्नाले पनि केन्दीय कमिटीको निर्णयको पर्खाइमा रहेको बताउँछन्।

यसैबीच पत्रकार महासंघ सबै संगठनको छाता संगठन भएकोले सबै संगठनलाई समेटेर लैजानुपने समेत जोड दिइएको छ। महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष समेत रहेका अर्जुन शाहले सबै संगठनलाई सम्मान गर्दै सबै संगठनको प्रतिनिधित्वसहित सर्वसम्मत ढंगले निर्वाचन गराउँदा श्रमजीवी पत्रकारको हीतमा हुने तर्क गर्छन्। उनी महासंघको केन्दीय सचिवको लागि उम्मेदवारी दिने बताएका छन्।

त्यस्तै, महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहेका प्रकाशविक्रम शाहले सबैको प्रतिनिधित्व सुनिश्चित गराएर जानुपर्नेमा जोड दिए। तर केन्द्रीय समीकरणले धेरै प्रभाव पार्ने उनको भनाइ छ।

प्रदेशमा सम्भावित अनुहार
महासंघ सुदूरपश्चिम समितिको पदाधिकारीका लागि आकांक्षी देखिन थालेका छन्। प्रेस युनियनबाट प्रदेश अध्यक्षको लागि महासंघको महासचिव समेत रहेका योगेश रावल र महासंघ कैलालीका पूर्व जिल्ला अध्यक्ष भरत शाहले इच्छा जाहेर गरेका छन्। प्रदेश समितिका उपाध्यक्ष समेत रहेका प्रेस सेन्टरका नेता दुर्गा प्रसाद भण्डारी, प्रेस चौतारी (ओली समूह)तर्फबाट दिलबहादुर छत्याल, शिवराज भट्टलगायतको नाम समेत चर्चामा रहेको छ।

तर प्रदेशको नेतृत्वको लागि युनियन आक्रमक देखिएको छ। यदि युनियनले अन्य कुुनै एक संगठनसँग चुनावी तालमेल गरेको अवस्थामा महासचिवको भाग अन्य संगठनलाई जान्छ। चुनावी तालमेलले धेरै कुरा यकिन गर्ने हुँदा महासचिवको लागि अझै आकांक्षी देखिएका छैनन्। तथापि प्रेस चौतारी (माधव समूह)को तर्फबाट महासंघ कैलाली सचिव रहेका मीन ठकुरीले उम्मेदवारी दिने तयारीमा रहेको बताएको छन्।

प्रदेश समिति सचिवको लागि भने केही आकांक्षी अगाडि देखिएका छन्। युनियनको तर्फबाट नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का प्रदेश अधयक्ष भीम चौधरीलगायतको नाम चर्चामा रहेको छ।

कैलालीमा अध्यक्षको लागि युनियनबाट ५ जनाको दाबी
सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको कैलाली जिल्लामा निर्वाचनको सरगर्मी निकै बढेको छ। कैलाली जिल्लामा आ–आफ्नो नेतृत्व हुनुपर्छ भन्दै प्रेस युनियनभित्रै हालसम्म ५ जना अध्यक्षका आकांक्षी देखिएका छन्।

पत्रकार महासंघ कैलालीकी उपाध्यक्ष रहेकी दुर्गा देवकोटा, प्रेस युनियन कैलाली अध्यक्ष श्रवण देउवा, पूर्व जिल्ला अध्यक्ष टेकराज जोशी, थारु पत्रकार संघ कैलालीका अध्यक्ष समेत रहेका प्रेम चौधरी, कैलाली कोषाध्यक्ष हिमाल जोशीलगायतले अध्यक्ष पदको आकांक्षी देखिएका हुन्। त्यस्तै सचिवको लागि प्रेस चौतारी (ओली समूह)को तर्फबाट भानुभक्त आचार्यको नाम समेत चर्चामा रहेको छ।

सुदूरपश्चिम प्रदेशमा करीब १ हजार ३ सयको हराहारीमा सदस्यता रहेको बताइएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार