होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • दुई पेनाल्टी मिस, अतिरिक्त समयमा दुई गोल
खेलकुद

दुई पेनाल्टी मिस, अतिरिक्त समयमा दुई गोल

  • नागरिक रैबार
दुई पेनाल्टी मिस, अतिरिक्त समयमा दुई गोल

९ माघ, काठमाडौं । दुई पेनाल्टी मिस गरेपनि अतिरिक्त समयमा गरेको दुई गोल मद्दतमा तेस्रो श्रेणीको कोर्नेलालाई पराजित गर्दै बार्सिलोना स्पानिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

नियमित कप्तान लिओनल मेसीविना नै खेलेको बार्सिलोनाका लागि ओसमान डेम्बेले र मार्टिन ब्रेथवेइटलेले अतिरिक्त समयमा गोल गरे ।

 

विज्ञापन

यस्तै खेलमा मिरालेम प्यानिच र डेम्बेलेले पेनाल्टी मिस गरेका थिए । कोर्नेलाका गोलकिपर रामोन जुयानले दुवै पेनाल्टी रोके । उनी बार्सिलोनाको दुई पेनाल्टी एकै खेलमा रोक्ने पहिलो गोलकिपर समेत बने ।

निर्धारित ९० मिनेटको खेल बराबरी भएपछि थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा दुई गोल भयो । ९२औं मिनेटमा डेम्बेलेले र १२०औं मिनेटमा ब्रेथवेइटेले गोल गरे । दुवैलाई पेड्रीले असिस्ट गरेका थिए ।

११८औं मिनेटमा कोर्नेलाका अल्बर्ट एस्टेल्स रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए ।

यस्तै इबिजाविरुद्ध २–१ को पुनरागमन जितसहित एथ्लेटिक बिल्बाओ पनि अन्तिम १६ मा प्रवेश गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार