होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, चैत्र २४, २०८०
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुरामा डिएसपी ओझा आए पछि प्रहरीकाे सक्रियता बढ्याे
Breaking News

बाजुरामा डिएसपी ओझा आए पछि प्रहरीकाे सक्रियता बढ्याे

पाचौं दिनमा ५ सय लिटर अवैध घरेलु मदिरा वरामद

  • नागरिक रैबार
बाजुरामा डिएसपी ओझा आए पछि प्रहरीकाे सक्रियता बढ्याे

नागरिक रैबार
बाजुरा ५ मंसिर । जिल्ला प्रहरी कार्यालय बाजुराले मदिरा नियन्त्रणमा सक्रियता बढाएकाे छ । मंसिर १ गतेदेखि बाजुराकाे प्रहरी प्रमुख सम्हाल्ने गरि नयाँ डिएसपी चतुर्भुज ओझा आएपछि प्रहरीले मदिरा नियन्त्रणमा सक्रियता बढाएकाे हाे ।
आईतबार साँझ प्रहरीले सदरमुकाम मार्तडीका २३ वटा हाेटल तथा पशलहरूबाट ५ सय ६५ लिटर अवै घरेलु मदिरा बरामद गरि नष्ट गरेकाे छ ।
घरेलु मदिरा सेवनबाट घरेलु हिंसा र विभिन्न अपराधिक क्रियाकलाप समेत बढेको स्थानीयकाे गुनासाे प्रहरी समक्ष आएपछि प्रहरीले यहाँको घरेलु अवैध मदिरा नियन्त्रणलाई पहिलाे प्राथमिकता राखेकाे प्रहरी प्रमुख ओझाले बताएका छन् । उनले भने घरेलु मदिरा नियन्त्रण संगै जुवातास नियन्त्रण गरिने छ ।
प्रहरी प्रमुख भएर पहिलाेपटक बाजुरा आएका ओझाले दुईदिन अघि प्रशासनले ताेकेकाे भाडादर भन्दा बढी रकम असुल्ने ६ जना जिप व्यवसायीलाई कारवाही समेत गरेका थिए ।
प्रहरी प्रधान कार्यलय बिपद् ब्यबस्थापन महाशाखा सामाखुशी बाट सरुवा भएर बाजुरामा पहिलो पटक डिएसपीकाे कार्यभार सम्हाल्न आएका थिए ।
प्रहरी संगठन भित्र अब्बल प्रहरी अधिकृतका रुपमा चिनिदै आएका ओझाले बाजुराको शान्ति शुरक्षा कायम गर्न सधै कटिबद्ध भएर लाग्ने बताएका छन् ।
डोटिको केआइ सिंह गाउँपालिका १ डुम्राकोटमा जन्मेका डिएसपी ओझाले २०६७ सालमा प्रहरी निरिक्षकमा नाम निकालेर प्रहरी संगठनमा प्रवेश गरेका थिए । उनी२०७७ जेठमा डिएसपी पदमा बढुवा भएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै