होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • सामाजिक सञ्जालको गन्जागोलमा फस्दैछन्, बालबालिका
स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जालको गन्जागोलमा फस्दैछन्, बालबालिका

  • नागरिक रैबार
सामाजिक सञ्जालको गन्जागोलमा फस्दैछन्, बालबालिका

बालबालिकालाई विद्यालय धाउने अनुकुलता छैन । पढाईको लागि अनलाइन कक्षाको व्यवस्था गरिएको छ । अनलाइन कक्षाका लागि मोबाइल वा ल्यापटप चाहियो । त्यसपछि इन्टरनेट । तर, के बालबालिकाले यि संसाधन पठनपाठन वा उपयोगी कामका लागि मात्र प्रयोग गरिरहेका छन् ?

यो प्रश्न किनपनि उठाउन जरुरी छ भने अहिले धेरै बालबालिकाले मोबाइल, ल्यापटप ‘बाँदरलाई भ¥याङ’ भएको छ । यसबाट उनीहरु पठनपाठन गर्न भन्दा पनि गेम खेल्न, टिकटक बनाउन र सामाजिक सञ्जालमा रमाउन थालेका छन् । यसले बालबालिकाको दैनिकी नै प्रभावित बनाएको छ ।

यो त भयो एउटा पाटो । अर्कोतर्फ सामाजिक सञ्जालमा उनीहरु जति सक्रिय हुँदैछन्, उत्तिनै असुरक्षित पनि ।

विज्ञापन

कलिला उमेरका यी बालबच्चाहरुलाई सामाजिक सञ्जालको उपयोगीता नै हेक्का हुन्न । यसलाई किन प्रयोग गर्ने, कसरी गर्ने, कस्ता सावधानी अपनाउने जस्ता कुरामा उनीहरु बेखबर हुन्छन् । आमाबुवाको सिको गर्दै जथाभावी सामाजिक सञ्जालमा रमाउँछन् ।

सामाजिक सञ्जालमा भएभरका फोटो, भिडियो राख्छन्, अपरिचित साथीहरुसँग जोडिन्छन्, सबैसँग विश्वास गरेर आफ्नो निजी कुरा साझेदार गर्छन् । यसले उनीहरुको व्यक्तिगत सुरक्षा खतरा बढेर जान्छ । भोलि कसैले यही माध्यामबाट उनीहरुलाई फन्दामा पार्न सक्छन् । उनीहरुको फोटो÷भिडियो÷च्याटको दुरुपयोग गरेर अनेक मोलमोलाई गर्न सक्छन् ।

किनभने बालबालिकाले सामाजिक सञ्जाललाई सही ढंगले प्रयोग गर्न जान्दैनन्, सक्दैनन् । त्यसैले यसमा आमाबुवाले निगरानी एवं हस्तक्षेप गर्नु जरुरी हुन्छ ।

हुन त आजको युगमा बालबालिका यस्ता प्रविधिबाट अलग हुन सक्दैनन् । ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेजस्तै कुनै न कुनै रुपमा जोडिन सक्छन् । त्यसैले सामाजिक सञ्जाल प्रयोग गर्दा के कुरामा ख्याल गर्ने, कसरी चलाउने, यसले भोलिका दिनमा निम्त्याउन सक्ने संभावित जोखिम के हुन् भन्ने कुरा बुझाउन जरुरी छ ।

यी कुरा ख्याल गरौं

कसलाई ट्याग गर्ने, कसलाई नगर्ने ?

अहिले सोशल मिडियामा एकअर्कालाई ट्याग गर्ने चलन छ । पोस्टमा कसैलाई ट्याग गरिनु एकदमै सामान्य हो । तर, तपाईं यस्तो व्यक्तिलाई पनि ट्याग गरिरहनुभएको हुन्छ, जो अदृश्य रहन चाहन्छन् । तपाईंले समेत उसलाई देख्नुभएको हुँदैन ।

कुनै कारणवस उनीहरु अरु व्यक्ति वा आफ्नो परिवारबाट टाढा भएका हुनसक्छन् । यदि उनैलाई ट्याग गरिदिनुभयो भने उनीहरुले तपाईं विरुद्ध उजुरी गर्न सक्छन् । यसले तपाईंको अकाउन्ट ब्लक हुनसक्छ ।

निजी कुरा साझेदार नगर्नु

बालबच्चालाई के भन्ने, के लुकाउने भन्ने थाहा हुँदैन । आफ्नो बारेमा वा घर परिवारको बारेमा सबैकुरा छताछुल्ल पार्न सक्छ । निजी कुराहरु सामाजिक सञ्जालमा राखेपछि भोलिका दिनमा त्यसले समस्या निम्त्याउन सक्छ ।

प्रोफाइल पब्लिक नगरौं

अहिलेका बालबच्चा लाइक्स, कमेन्टस र फलोअर्स बढाउनका लागि प्रोफाइल पब्लिक गरेर राख्छन् । यसले गर्दा तपाईंको प्रोफाइल जो कसैले देख्न सक्छन् । र, निजी जानकारी लिन सक्छन् । तपाईंले सामाजिक सञ्जालमा कुनै निजी फोटो वा भिडियो साझेदार गर्दै हुनुहुन्छ भने त्यसको सेटिङ प्राइभेट गर्नुपर्छ । प्राइबेसी सेटिङ्समा गएर फोटो, भिडियो, फ्रेन्ड लिस्टको प्राइवेसी आदि ‘ओनली फ्रेन्ड्स’ गरेर राख्नुपर्छ, पब्लिक गर्नु हुँदैन ।

लाइक गर्दा ध्यान दिनुपर्ने

अहिले सामाजिक सञ्जालमा अनेकथरी सामाग्री हुन्छन् । कति अश्लिल, कति हिंस्रक, कति अत्यान्तै दुःखदायी, कति हावादारी । यस्ता सामाग्रीहरु लाइक वा शेयर नगर्नुहोस् ।

दुर्घटनाको दृश्य, मारपिटको दृश्य शेयर र लाइक गर्नु हुँदैन ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार